लागुऔषधसहित एक पक्राउ


धरान । ठुलो मात्रामा लागुऔषधसहित धरान आउदै गरेका एक कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको महेन्द्रनगर २, चक्रघट्टीका २३ बर्षीय पुरुषोत्तम मेहतालाई धरान ११ मंगलबारे चोकबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १०० एमएलको कोरेक्स ७१ बोतल, नाइट्रोशन ट्याब्लेट १०० गोटी र स्पास्मोप्रोक्सिभन १६८ क्याप्सुल वरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । महतोले चढ्ने गरेको को ११ प ४७७४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको ढकालले बताए । ‘बिशेष सुराकीको आधारमा मंगलबारे चोकबाट शनिबार दिउँसो १२ बजे पक्राउ गरेका हौं, उनी विगतदेखि नै लागुऔषध कारोबारमा संलग्न भएको पाइयो’–डिएसपी खतिवडाले भने ।
उनका अनुसार महतोलाई एक महिनाअघि मात्र लागुऔषधसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको थियो । त्यसबेला उनी जिल्ला अदालत सुनसरीको आदेशमा धरौटीमा रिहा भएका थिए । लागुऔषध नियन्त्रण ऐनले पटकेलाई २ देखि ५ बर्षसम्म कैद र १ देखि २० लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । महतोलाई त्यही व्यवस्था अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी खतिवडाले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे