कहिले बन्ला पक्की पुल ? एक्स्ट्रीमद्धारा बासको पुल मर्मतसम्भार(फोटोफिचर)
धरान । गत असोज ६ गते राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको पक्की पुल भत्किएर आवतजावत ठप्प बने पनि उपमहानगरपालिका र सडक डिभिजन कार्यालय पुल निर्माणमा चासो दिएन ।
लामो समय वित्दा पनि पुल बन्ने छाँटकाट नदेखेपछि एक्स्ट्रीम धरानआवद्ध युवाहरुले कार्तिक १२ गते भत्किएको पुल छेउमा बाँसको अस्थायी पुल बनाइदिएका थिए । आफ्नै खर्चमा उनीहरुले परम्परागत शैलीको पुल बनाइदिए । पुल बनेपछि स्थानीय र पैदल यात्रीहरु त्यही बासको पुलबाट वारीपारी गर्छन् । समय बित्दै जादा बासको पुलमा पनि क्षति पुग्दै गएको थियो । सोमबार पुनःएक्स्ट्रीम धरानका युवाहरुले बाँसको पुललाई मर्मत गरेर वलियो बनाइदिएका छन् । यो पुलबाट मान्छे र साइकल पनि वारपार गर्न सकिन्छ ।

Comments
Post a Comment