सुनसरी उवासंघको विजयी र्याली


धरान । सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष र सदस्य पदमा विजयी उम्मेद्वारहरुले बुधबार धरानमा विजयी र्याली निकालेका छन् । संघको धरानस्थित कार्यालयबाट निकालिएको र्याली बजार परिक्रमा गरेको थियो ।
विजयी उम्मेद्वारहरुलाई व्यावसायीहरुले फुलमाया र अबिर लगाएर बधाई दिएका थिए । विजयी उम्मेदवारहरुले प्रत्येक व्यावसायीहरुलाई भेटेर मत दिएकोमा धन्यवादसमेत दिए । बैशाख २७ गते सोमबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउदै राजेन्द्र शाह विजयी भएका थिए । उनी आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका हुन् । चौथो पटकको प्रयासमा अध्यक्षमा विजयी भएका शाहले ५६७ मत पाए भने पराजित अग्रवालले ५२६ मत मात्र पाए ।
यस्तै, वाणिज्यतर्फको ८ सदस्यमा नविन राजभण्डारी(४१३ मत), गिरीधारी सापकोटा(४०७ मत), उपेन्द्र चाम्लिङ(३३० मत), किरणकुमार अग्रवाल(२९७), किसन मास्के(३२१), मनोज श्रेष्ठ(३६९), मानबहादुर विश्वकर्मा (३०१) र राजेश अग्रवाल( २९५ मत) विजयी भएका थिए । वाणिज्यमै महिला सदस्यतर्फ २९९ मत ल्याएर शुभेच्छा अधिकारी श्रेष्ठ विजयी भएकी थिइन् ।
उद्योगतर्फ सदस्यमा भएको मतदानबाट विजय श्रेष्ठ(१९४), महेन्द्र प्रधान(१७०), शिवराज श्रेष्ठ(१६३) र पियुष आचार्य(१५७) विजयी भएका थिए । उद्योगतर्फका महिला सदस्यमा विमला श्रेष्ठ, एशोसिएटतर्फको २ जना सदस्यमा अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगत संघतर्फको सदस्यमा दिपक श्रेष्ठ पनि निर्विरोध चयन भएका थिए । निर्वाचित समितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ भने सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे