युनिभर्सल आइकोनको अडिशन(फोटोफिचर)

धरान । धरान ९ स्थित होटल रत्न इनको हलमा मंगलबार दिउँसो किसोर–किसोरीहरु एकपछि अर्को गर्दै प्रवेश गर्छन् । भित्र छिरेपछि कोही गीत गाउछन्, कोही छमछमी नाच्छन् । हल बाहिर पालो पर्खिबसेकाहरुमा पनि ब्यग्रता देखिन्थ्यो ।
यो दृष्य युनिभर्सल आइकोन २०१६ को अडिशनको हो । एसएसली परीक्षा दिएर बसेका विद्यार्थीहरुको खाली समय सदुपयोग गर्ने र उनीहरुमा अन्र्तनिहित प्रतिभा प्रष्फुटन गराएउने उद्देश्यले यो आइकन हुदैछ । आइकोन अन्र्तगत विद्यार्र्थीहरुबीच प्रतियोगितात्मक एकल गायन र एकल नृत्य हुन्छ । त्यसैमा सहभागी छात्रछात्राहरुले अडिशनमा मंगलबार छनौटकर्ता(निर्णायक)को अघि गायन र नृत्य प्रस्तुती दिएका हुन् । आयोजक टप युनिभर्सल एकेडेमी प्रालिका अनुसार अडिशनमा कुल ८० जना छात्रछात्राहरुले प्रस्तुती दिएका थिए । ती मध्ये गायनतर्फ ४५ र नृत्यतर्फ ३५ जना थिए ।
युनिभर्सल आइकोनको अडिशनबाट गायनतर्फ १५ र नृत्यतर्फ १५ गरी ३० प्रतियोगी छात्रछात्रा छनौट भएको आयोजक संस्थाले जनाएको छ । छनौट भएका प्रतियोगी विद्यार्थीहरुलाई बुधबारेखि जेठ २० गतेसम्म व्यावहारिक ज्ञानको प्रशिक्षण दिलाउने र जेठ २२ गते फाइनल कार्यक्रम हुने प्रबन्ध निर्देशक प्रकाश लकान्द्रीले बताए । छनौट भएका विद्यार्थीहरुलाई गायन र नृत्यको बिशेष प्रशिक्षण दिलाइने छ भने अडिशनमा सहभागी अन्य विद्यार्थीहरुलाई पनि निःशुल्क शैक्षिक परामर्श तालिम, व्यक्तित्व विकास, हाईकिङ, पर्यटकीय स्थानको भ्रमण, ट्राफिक जनचेतनालगायत गतिविधिहरुमा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रशिक्षार्थीहरुलाई जेठ ८ गते भानुचौकमा ट्राफिक जनचेतना, जेठ ११ गते वाबु(चिण्डे) डाँडामा हाइकिङ, जेठ १५ गते म्याराथुन र जेठ १८ गते पर्यटकीयस्थल भेडेटार, नाम्जेको भ्रमणमा लगिने एकेडेमीले जनाएको छ । ती कार्यक्रमहरुमा छनौट भएका प्रतियोगिबाहेक फारम भर्ने सबै विद्यार्थीहरुलाई सहभागी हुनेछन् । प्रथम हुनेलाई नगद १० हजारसहित ट्रफी र शैक्षिक छात्रवृत्ति दिइनेछ भने दोस्रो हुनेलाई नगद ५ हजार र ट्रफी दिइने आयोजकको भनाई छ । टप युनिभर्सल ०६१ सालमा स्थापना भएको थियो भने ०७० देखि कम्पनीअन्र्तगत प्रालिमा दर्ता भएको छ । यसले शिक्षण सहयोगीकोरुपमा ब्रिजकोर्ष, नर्सिङ तयारी कक्षा, प्लस टु पछि मेडिकल तथा इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।



















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे