आइएनजिओको कर्मचारी भन्दै ठगी गर्ने महिला पक्राउ
धरान । आफुलाई आइएनजिओको प्रतिनिधि भन्दै गरिब तथा सुकुम्बासी वस्तीमा पुगेर ऋण उपलब्ध गराउने, कसैलाई भुकम्प पीडितको राहत दिलाइदिने भन्दै रकम असुली गर्ने एक महिला पक्राउ परेकी छिन् । विभिन्न प्रलोभन देखाएर ठगी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय धरानले सुनसरीको तरहरा माइती घर भएकी २६ बर्षीय सृर्जना कोइराला शिवाकोटीलाई पक्राउ गरेको हो ।
उनले धरानको पानवारी र धरान १७ चतरा मार्ग क्षेत्रबाट एक दर्जनलाई ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘संस्थाको नाम नभन्ने तर आफु विदेशी आइएनजिओको कर्मचारी हँु । त्यहाँ ९ बर्षदेखि काम गर्दैछु, मेरो श्रीमान् मेनेजर छ भन्ने गरेको रहेछ । ठगीको प्रकृति हेर्दा पेशेवरले मात्रै यस्तो गर्न सक्छ, त्यसैले अन्यत्र पनि पीडितहरु छन् कि भनेरर ७५ वटै जिल्लालाई पत्राचार गरेका छौं’–डिएसपी खतिवडाले भने ।
प्रहरीका अनुसार चतरा मार्गमा स्थानीय सामाजिक अगुवा वृन्दा भटराईको घरमा बसेर सृर्जनाले ठगीको जाल विछ्याएकी थिइन् । उनले सुकुम्बासीलाई आफ्नो संस्थामार्फत विना धितो ऋण प्रवाह गर्ने, भुकम्प पीडितलाई राहत सहयोग २५ केजी दाल र १ बोरा जिरा मसिना चालम र भुमिहिन सुकुम्बासीलाई आवास निर्माणको लागि १ देखि ५ लाखसम्म विना धितो सहुलियतमा ऋण दिलाउने प्रलोभन दिएकी थिइन् । यो सुविधा उपभोग गर्न फारम शुल्क १ हजार तिर्नुपर्ने भन्दै उनले नागरिकताको फोटोकपी र २ वटा फोटो पनि संकलन गरेकी थिइन् । पैसा संकलन गरे पनि उनले फरम पछि भरौला भन्दै नागरिकताको फोटोकपी र फोटो भने साथै बोकेर गइन् । ‘वृन्दा समाजको गन्यमान्य मान्छे रहेछ, उसको घरमा बसेपछि अरुले पनि विश्वास गरेको देखियो, तर सृर्जना एकाएक हराएपछि घटना प्रहरीसम्म आइपुग्यो’–डिएसपी ढकालले भने ।
आफुले पनि धोका खाएपछि वृन्दा भटराईले नै प्रहरीमा जाहेरी दिइन् । चतरा मार्गबाट सृर्जनाले फुलकुमारी राईबाट ५ हजार ५, सञ्जिव राईबाट ३ हजार ६०, लक्ष्मी राईबाट ५ हजार १ सय, चन्द्रबहादुर तामाङबाट ५ हजार १ सय ५, भीमबहादुर तामाङबाट २ हजार ६० र संगीता सकरबाट १ हजार १ सय असुलेको प्रहरीले जनाएको छ । उजुरी परेपछि खोजी तीब्र पारेको प्रहरीले सृर्जनालाई भानुचौकमा हिड्दै गरेको अवस्थामा फेला पारयो । उनी पक्राउ परेपछि पानवारी क्षेत्रमा पनि ठगी गरेको घटनाहरु प्रहरीमा आइपुग्यो । ‘पानवारीमा त दाउरा बेचेर जिविका चलाइरहेकी ६१ बर्षकी वृद्धालाई पनि ठगेको रहेछ । आर्थिकरुपमा विपन्न वस्तीमा पुगेर प्रलोभन देखाउदै पैसा असुल्ने गर्दो रहेछ’–प्रहरी निरीक्षक प्रकाश श्रीमलले भने ।
प्रहरीका अनुसार पानवारीमा आर्थिकरुपमा विपन्न, ग्रामिण भेगको मानिसलाई राहत दिनको लागि नामावली संकलन गर्न आएको भन्दै ठगी गरेको खुलेको छ । एक घरबाट बढीमा ५ हजार दिदा ५ लाखसम्म ऋण विना ब्याजमा पाउने र मासिक किस्तामा तिर्दा हुने भनदै पैसा असुलेको थिइन् । त्यसक्षेत्रमा दाउरा बोकेर जिविकोपार्जन गरिरहेकी वृद्धा विष्णुमाया खड्कासँग ५ हजार, डम्बर बहादुर सुवेदीसँग २ हजार, कुमार सुवेदीसँग ३ हजार र तीर्थमाया खड्कासँग ३ हजार असुल गरेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि पानवारीकी वृद्ध खड्काले उजुरी हालेकी छिन् । सृर्जनाको माइती तरहरा भएपनि उनले दोलखामा बिहे गरेको र एक छोरा पनि भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् भने हाल विदेशमा रहेको वयानमा खुलाएकी छिन् ।
उनले धरानको पानवारी र धरान १७ चतरा मार्ग क्षेत्रबाट एक दर्जनलाई ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘संस्थाको नाम नभन्ने तर आफु विदेशी आइएनजिओको कर्मचारी हँु । त्यहाँ ९ बर्षदेखि काम गर्दैछु, मेरो श्रीमान् मेनेजर छ भन्ने गरेको रहेछ । ठगीको प्रकृति हेर्दा पेशेवरले मात्रै यस्तो गर्न सक्छ, त्यसैले अन्यत्र पनि पीडितहरु छन् कि भनेरर ७५ वटै जिल्लालाई पत्राचार गरेका छौं’–डिएसपी खतिवडाले भने ।
प्रहरीका अनुसार चतरा मार्गमा स्थानीय सामाजिक अगुवा वृन्दा भटराईको घरमा बसेर सृर्जनाले ठगीको जाल विछ्याएकी थिइन् । उनले सुकुम्बासीलाई आफ्नो संस्थामार्फत विना धितो ऋण प्रवाह गर्ने, भुकम्प पीडितलाई राहत सहयोग २५ केजी दाल र १ बोरा जिरा मसिना चालम र भुमिहिन सुकुम्बासीलाई आवास निर्माणको लागि १ देखि ५ लाखसम्म विना धितो सहुलियतमा ऋण दिलाउने प्रलोभन दिएकी थिइन् । यो सुविधा उपभोग गर्न फारम शुल्क १ हजार तिर्नुपर्ने भन्दै उनले नागरिकताको फोटोकपी र २ वटा फोटो पनि संकलन गरेकी थिइन् । पैसा संकलन गरे पनि उनले फरम पछि भरौला भन्दै नागरिकताको फोटोकपी र फोटो भने साथै बोकेर गइन् । ‘वृन्दा समाजको गन्यमान्य मान्छे रहेछ, उसको घरमा बसेपछि अरुले पनि विश्वास गरेको देखियो, तर सृर्जना एकाएक हराएपछि घटना प्रहरीसम्म आइपुग्यो’–डिएसपी ढकालले भने ।आफुले पनि धोका खाएपछि वृन्दा भटराईले नै प्रहरीमा जाहेरी दिइन् । चतरा मार्गबाट सृर्जनाले फुलकुमारी राईबाट ५ हजार ५, सञ्जिव राईबाट ३ हजार ६०, लक्ष्मी राईबाट ५ हजार १ सय, चन्द्रबहादुर तामाङबाट ५ हजार १ सय ५, भीमबहादुर तामाङबाट २ हजार ६० र संगीता सकरबाट १ हजार १ सय असुलेको प्रहरीले जनाएको छ । उजुरी परेपछि खोजी तीब्र पारेको प्रहरीले सृर्जनालाई भानुचौकमा हिड्दै गरेको अवस्थामा फेला पारयो । उनी पक्राउ परेपछि पानवारी क्षेत्रमा पनि ठगी गरेको घटनाहरु प्रहरीमा आइपुग्यो । ‘पानवारीमा त दाउरा बेचेर जिविका चलाइरहेकी ६१ बर्षकी वृद्धालाई पनि ठगेको रहेछ । आर्थिकरुपमा विपन्न वस्तीमा पुगेर प्रलोभन देखाउदै पैसा असुल्ने गर्दो रहेछ’–प्रहरी निरीक्षक प्रकाश श्रीमलले भने ।
प्रहरीका अनुसार पानवारीमा आर्थिकरुपमा विपन्न, ग्रामिण भेगको मानिसलाई राहत दिनको लागि नामावली संकलन गर्न आएको भन्दै ठगी गरेको खुलेको छ । एक घरबाट बढीमा ५ हजार दिदा ५ लाखसम्म ऋण विना ब्याजमा पाउने र मासिक किस्तामा तिर्दा हुने भनदै पैसा असुलेको थिइन् । त्यसक्षेत्रमा दाउरा बोकेर जिविकोपार्जन गरिरहेकी वृद्धा विष्णुमाया खड्कासँग ५ हजार, डम्बर बहादुर सुवेदीसँग २ हजार, कुमार सुवेदीसँग ३ हजार र तीर्थमाया खड्कासँग ३ हजार असुल गरेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि पानवारीकी वृद्ध खड्काले उजुरी हालेकी छिन् । सृर्जनाको माइती तरहरा भएपनि उनले दोलखामा बिहे गरेको र एक छोरा पनि भएको प्रहरीले जनाएको छ । उनको श्रीमान् भने हाल विदेशमा रहेको वयानमा खुलाएकी छिन् ।




Comments
Post a Comment