शिक्षा सदनका पुर्वविद्यार्थीहरुद्धारा कम्प्युटर र प्रोजेक्टर प्रदान(फोटोफिचर)

धरान । शिक्षा सदन उच्चमावि धरान १५ का पुर्व विद्यार्थीहरुको समुह एसएलसी ब्याच–२०५१ ले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले विद्यालयलाई सुचना एवं प्रविधिको सामग्रीहरु प्रदान गरेको छ । विद्यालयमा शुक्रबार आयोजित छात्रवृत्ति वितरण समारोहमा एसएलसी ब्याच–२०५१ तदर्थ समितिले कम्प्युटर र प्रोजेक्टर प्रदान गरेको हो ।
समितिले ११ थान कम्प्युटर सटे र २ थान प्रोजेक्टर विद्यालयलाई उपलब्ध गराएको हो । समितिका सदस्यहरुले संयुक्तरुपमा सामग्री विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बकसमान गुरुङ र प्राचार्य अमरबहादुर बस्नेतलाई हस्तान्तरण गरेका थिए । सोही समारोहमा छात्रवृत्तिको लागि २ वटा अक्षय कोषको पनि पुर्व विद्यार्थीहरुले घोषणा गरेका थिए । तदर्थ समितिका संयोजक मनिष खड्गीका अनुसार देश विदेशमा छरिएका रहेका एसएलसी ब्याच–२०५१ का दुई दर्जन जति विद्यार्थीहरुबाट सहयोग रकम संकलन भएको हो ।जसमध्ये पहिलो चरणमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापनमा सहज र प्रविधिमैत्री बनाउन कम्प्युटर र प्रोजेक्टर दियएको उनले बताए । पुर्व विद्यार्थी दिदी भाई उमेश पौडेल र उमा पौडेल खड्काले संयुक्तरुपमा बुबाको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाको नरसिंह पौडेल स्मृति छात्रवृत्ति पुरस्कार कोष स्थापनाको घोषणा गरेका छन् भने शान्ति धनकला राईले पनि आफ्नी जीवित आमाको नाममा १ लाख रुपैयाको छात्रवृत्ति कोष स्थापना गरिदिएकी छिन् ।खड्गीका अनुसार गत २०७२ बैशाख १२ गतेको महाभुकम्पले विद्यालयको मुख्य भवनमा अध्यापन गराउनै नमिल्ने गरी कमजोर बनाइदिएपछि विद्यालय पुर्ननिर्माण गर्न पुर्वविद्यार्थीहरु एकजुट भएका थिए । तर, विद्यालयले मैदानमा टिनको छाप्रो बनाएर अध्यापन शुरुवात गरिसकेको र जिल्ला शिक्षा कार्यालयबाट छुट्टै भवनको लागि बजेट विनियोजन गरिसकेकोले संकलित रकमले कम्प्युटर र प्रोजेक्टर वितरण गरेको समितिले जनाएको छ । ‘भवनको लागि बजेट आइसकेको रहेछ, त्यसैले अध्ययनरत विद्यार्थीलाई अत्यावश्यक रहेको सञ्चार प्रविधिको सामग्री दिएका हौं । यसले उनीहरुलाई प्रविधिमा पहुँचसँगै पढाईमा पनि सहयोग पुग्छ भन्ने आशा छ’–खड्गीले भने ।
प्राचार्य अमरबहादुर बस्नेतले पुर्वविद्यार्थीहरुको सहयोगले प्रोजेक्टरबाट पठनपाठन शुरुवात गर्ने विद्यालयको सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे । सहयोगले विद्यालयको अध्यापन शैली अब आधुनिक प्रविधिबाट हुने र यसले विद्यार्थीलाई धेरै फाइदा पुग्ने उनको भनाई छ । ‘शिक्षण सामग्री तयार गछांै र प्रोजेक्टरमार्फत दृष्य सामग्रीबाट पठनपाठन गछांै’–प्राचार्य बस्नेतले भने–‘धेरै संख्या विद्यार्थी भएको ठुलो कक्षा कोठामा प्रोजेक्टरमार्पmत देखाउदा धेरै सहयोग पुग्छ र पढाई पनि प्रभावकारी हुन्छ ।’ उनका अनुसार यसअघि विद्यालयमा १० वटा कम्प्युटर भएपनि प्रोजेक्टर अभावमा दृष्यसामग्रीबाट पढाई गर्न सकिएको थिएन ।
सोही समारोहमा ०७२ सालको बार्षिक परीक्षामा प्रथम,दोस्रो र तेस्रो स्थान हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विभिन्न व्यक्तिहरुले स्थापना गरेको गरिब तथा जेहेन्दार छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।
कस्ले, कहाँबाट गरे सहयोग ?
प्रेमिना सम्बाहाङफे(हाल हङकङ) - रु ४० हजारदिपेन किराँत(हाल युके) - रु ३० हजार
निरमाया निरौला(हाल काठमाण्डौं) - रु २० हजार
सरिता लिम्बु(हाल युके) - रु २० हजार
गंगा खतिवडा(हाल काठमाण्डौं) - रु १५ हजार
गौतम यक्सो(हाल अष्ट्रेलिया) - रु १५ हजार
रेखा श्रेष्ठ(हाल इजराइल) - रु १५ हजार
तेजबहादुर लिम्बु(हाल युके) - रु १५ हजार
पुकल राई(हाल ओमन) - रु ११ हजार
निर्मल मोक्तान(हाल कतार) - रु १० हजार २७
शान्ति राई(हाल धरान) - रु १० हजार
मोहिता ताम्राकार(हाल धरान) - रु १० हजार
भीम खवास(हाल धरान) - रु १० हजार
अनुपमा श्रेष्ठ(हाल धरान) - रु १० हजार
मनिष खड्गी(हाल धरान) - रु ५ हजार ५ सय
उमेश पौडेल(हाल धरान) - रु ५ हजार ५ सय
दिनेश गजमेर(हाल धरान) - रु ५ हजार
जुना रिजाल(हाल धरान) - रु ५ हजार
ऋर्षि बज्रचार्य(हाल कतार) - रु ५ हजार
सुनिल निरौला(हाल धरान) - रु ५ हजार
पुष्पा ताम्राकार(हाल धरान) - रु ५ हजार
शकुन्तला शाक्य(हाल धरान) - रु ३ हजार
दया शाक्य(हाल धरान) - रु ३ हजार
अखण्ड पोख्रेल(हाल धरान) - एक थान कम्प्युटर






Comments
Post a Comment