धरानको रंगमञ्च ब्युउताउने आरम्भको घोषणा

विधिवतरुपमा दर्ता भएर रंगमञ्चीय गतिविधिहरु गर्ने र धरानलाई पुनःराष्ट्रिय रंगमञ्चको क्षेत्रमा स्थापित गराउने डबलीको लक्ष्य छ । ‘साहित्यमा पनि नाटक लेख्नु गाह्रो काम हो, त्यसलाई मञ्चन गर्नु झनै गाह्रो काम हो । हिजो उत्साह थियो, समयको वहावसँगै हामी रंगमञ्चमा आयौं । पछि अभाव, कमीकमजोरी, राज्यको नीति नहुदा धरानबाट रंगकर्मीहरु विलायौं’–डबलीका अध्यक्ष गोपाल देवानले भने–‘अब फेरि राष्ट्रिय रंगमञ्चमा धरानलाई केन्द्रविन्दु बनाएर उठ्ने प्रयास गरेका छौं ।’
उनका अनुसार अधुरो क्यानभाष एकल नाटकको प्रस्तुतीसहित डबलीले चाडै लञ्च कार्यक्रम गर्नेछ । जसमा संगीत तथा नाट्य एकेडेमीका प्राज्ञ, आरम्भका पुराना कलाकार सुरज नाल्बो, सुरज श्रेष्ठ, मण्डला थिएटरका रंगकर्मी तथा निर्देशक दयाहाङ, सर्वनाम नाट्य समुहका अशेष मल्ल, आरोहणका सुनिल पोख्रेललगायतलाई पनि आमन्त्रण गरिनेछ । अभिनय प्रशिक्षण गराएर धरानको रंगमञ्चमा नयाँ कलाकारहरु जन्माउने, रंगमञ्च तथा रंगकर्मबारे बौद्धिक अन्र्तक्रिया र गोष्ठी आयोजना गर्ने डबलीको योजना छ । ‘सम्भव भएसम्म महिनामा एक पटक नाटक मञ्चन गछौं, नाटक संग्रह पनि प्रकाशित गछोंै’–अध्यक्ष देवानले भने ।
आरम्भ समुह ०४५ सालमा स्थापना भएको थियो । ०५७ सालसम्म सक्रिय समुहले ३ दर्जन नाटकहरु मञ्चन एवं प्रर्दशन गरेको थियो । समुहले ०४५ सालमा पहिलो नाटक आदिविनाको अन्त्य मञ्चन गरेको थियो भने ०५७ सालमा मञ्चन गरेको नाटक शिशु प्रजातन्त्र र युद्ध अझै जारी छ अन्तिम नाटक हो । आदिविनाको अन्त्य, अधुरो क्यान्भास, यिनीहरु देश खोजिरहेछन्, दमनको राप आरम्भले मञ्चन गरेको चर्चित नाटक हो । ०४५ सालमा आदिविनाको अन्त्य मञ्चन गर्दा लेखक गोपाल देवानलाई पञ्चायती प्रहरीले पक्राउ गरेको थियो भने सोही बर्ष राष्ट्रिय नाटक मेलामा सुरज सुब्बा नाल्बो अभिनित एकल नाटक अधुरो क्यान्भासलाई दर्शकहरुले औधी मन पराएको थियो । दर्शकहरुको अनुरोधमा राष्ट्रिय नाचघरमा पुनः ५ शो प्रर्दशन गर्नुपरेको थियो । ०४७ सालमा सडक बालबालिकाको समस्यामा आधारित पहिलो नाटक ‘यिनीहरु देश खोजीरहेका छन्’ले बाल नाटक मेलामा प्रथम र नाटक महोत्सवमा सान्त्वना पुरस्कार पाएको थियो । ०४७ सालमा प्रदर्शित बहुचर्चित नाटक दमनको राप धरानदेखि काकडभिट्टासम्म ३२ औं पटक प्रर्दशन भएको थियो भने ०४८ सालमा महानन्द सापकोटा पुरस्कार पनि पाएको कलाकार प्रविण राईले जानकारी दिए ।

Comments
Post a Comment