'टुुर डे लुम्बिनी'मा धराने साइक्लिष्टहरु

धरान । विश्व शान्तिको कामना गर्दै बर्षेनी आयोजना हुदै आएको टुर डे लुम्बिनी साइकल यात्रामा धरानका ८ जना युवा साइक्लिष्टहरु प्रस्थान गरेका छन् । शान्तिको कामनासहित यात्रामा निस्किएका युवाहरुलाई मंगलबार विभिन्न संस्थाहरुले विदाई गरेको थियो ।
टुर डे लुम्बिनी कार्यक्रम काठमाण्डौंबाट सन् २०१२ देखि शुरु भएको थियो । धरानबाट २०१४ देखि युवाहरु सहभागी हुन थालेका हुन् । बुद्ध जयन्तीको अवसर पारेर आयोजना हुदै आएको टुर डे लुम्बिनी गत बर्ष भने भुकम्पको कारण आयोजना हुन सकेन । यो बर्ष बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारले लुम्बिनीमा तीन दिने अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्दैछ । टुर डे लुम्बिनीमा सहभागी साइक्लिष्टहरु ८ गते बुद्ध जयन्तीको दिन लुम्बिनी पुग्नेछन् ।
साइकल यात्रामा धरानबाट बन्दन राई, योरश राई, राजेन लिम्बु, फरेन लिम्बु, गौतम श्रेष्ठ, किरण राई, विजोय श्रेष्ठ र मिकुहाङ राई लुम्बिनीतर्फ प्रस्थान गरेका हुन् । ‘शान्ति, समृद्धिको कामना गर्दै हरेक बर्ष टुर डे लुम्बिनी आयोजना हुन्छ, त्यसमा धरानका साइक्लिष्टहरुले पनि सहभागीता जनाउछौं’–सुनसरी साइक्लिङ संघका सचिवसमेत रहेका विजोय श्रेष्ठले भने । उनका अनुसार साइक्लिष्टहरु बसमार्फत पोखरा पुग्नेछन् । बुधबार पोखरा र काठमाण्डौंबाट टुर डे लुम्बिनीका सहभागी युवाहरु साइक्लिङ गर्दै लुम्बिनीतर्फ हिड्नेछन् । धराने टोली पोखराबाट पाइडल मार्दै पाल्पा, बुटवल, भैरहवा हुदै ८ गते लुम्बिनीमा बुद्ध जयन्ती मनाउन पुग्नेछन् ।
साइक्लिट युवाहरुलाई मंगलबार बुद्ध विहान धरान ८ ले एक कार्यक्रम आयोजना गरि विदाई गरेको थियो । बिहारका भिक्षु आनन्दले साइक्लिष्टहरुलाई पञ्चशीलको प्रतिक सास पहिराई दिएका थिए भने ८ जनालाई नै पञ्चशील झण्डा र क्याप(टोपी) पनि विहारले प्रदान गरेको थियो । सोही कार्यक्रममा सुनसरी साइक्लिङ संघका अध्यक्ष श्याम तामाङले पनि पञ्चशील झण्डा प्रदान गरे । यस्तै, पोखरा प्रस्थान गर्नुअघि एक्स्ट्रीम धरानले पनि साइक्लिष्टहरुलाई खादा ओढाएर विदाई गरेको थियो । यसैगरि, धरान १८ स्थित माउण्ट हार्मोन एकेडेमीका प्रिन्सिपल अनुप योञ्जनले साइक्लिष्ट युवाहरुलाई बाटो खर्च नगद ५ हजार सहयोग गरेका थिए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे