पैसा फिर्ता गर्नेलाई यायोक्खाको सम्मान


धरान । सडक दुर्घटनामा परेर ज्यान गुमाएको व्यक्तिले दुर्घटनास्थलमा छोडेको १२ लाख रुपैया सम्बन्धित परिवारलाई फिर्ता गरेका पुर्वका दुई युवतीलाई किरात राई यायोक्खा सुनसरीले नगदसहित सम्मान गरेको छ ।
बाटोमा फेला पारेको लाखौं रकम लोभ, लालचमा नपरी मृतकका परिवारलाई फिर्ता गरेर इमान्दारिताको उच्च उदाहरण प्रस्तुत गरेको भन्दै यायोक्खाले उनीहरुलाई सम्मान गरेको हो । धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राईले गत बैशाख १६ गते कोशी राजमार्गअन्र्तगत धरान इटहरी सडक खण्डमा १२ लाख रुपैयासहितको ब्याग भेटेका थिए । उक्त पैसालाई उनीहरुले दुई दिनपछि दुर्घटनामा मृत्यु भएका धरान १७ का ओमबहादुर गेलालको परिवारलाई जिम्मा लगाएका थिए ।
यायोक्खाले शनिवार धरानमा एक कार्यक्रम आयोजना गरेर नगद १० हजार ५ सय रुपैयासहित ज्योति र सुनितालाई सम्मान गरेको छ । भेटेको पैसा फिर्ता गरेर उनीहरुले किरातीहरुको शिर उँचो बनाएकोले सम्मान गरिएको यायोक्खाले जनाएको छ । साथै, पैसा फिर्ता गराउन सहयोगी भुमिका निर्वाह गरेका टिका पाख्रिनलाई खादा ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई यायोक्खा सुनसरी अध्यक्ष कमला राई, प्रमुख अतिथि रहेका केन्द्रीय सदस्य शुभचन्द्र राई र केन्द्रिय सल्लाहकार निर्मला राईले सम्मान पत्र, नगद प्रदान गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे