विजयपुरको इतिहास संकटमा
धरान । ऐतिहासिक विजयपुर गढीमा रहेको सेन र किरातकालीन समयको पुरात्तात्विक वस्तुहरु संरक्षण अभावमा हराउदै गएको छ । राज्य, स्थानीय निकाय र सरोकारवाला जातीय संघसंस्थाहरुले आवश्यक चासो नदिदा विजयपुरको इतिहास झल्काउने पुरात्तात्विक वस्तुहरु लोप हुदै गएको हो ।
हाल धरान १४ मा पर्ने विजयपुर डाँडाको महत्व धार्मिकरुपमा मात्रै बढेको होइन । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपुर्व विजयपुर क्षेत्र अलग राज्य थियो । पाल्पाका सेनवंशी राजाले विजयपुरलाई सामरिकरुपमा महत्वपुर्ण किल्लाकोरुपमा प्रयोग गरेका थिए । पछि विजयपुर किरात प्रदेशको राजधानी थियो । यसलाई अहिले पनि लिम्बुवानको राजधानीकोरुपमा उल्लेख गरिन्छ । वि.सं. १८३१ सम्म अस्तित्वमा रहेको विजयपुर गढी गोर्खाका शाह राजाले सन्धी गरेर नेपालमा गाँभेको किरात ईतिहासकार ईमानसिंह चेम्जोङले किरात ईतिहासमा उल्लेख गरेका छन् । विजयपुरमा रहेका विभिन्न ताम्रपत्र र छिनोले खोपेर चारपाटे बनाईएका आकर्षक ढुंगाले यहाँ पहिले किल्ला र दरवार थियो भन्ने झल्काउछ । चारपाटे आकारका करिब ६ फिट लम्बाईका ती ढुंगाहरु संरक्षण नहुदा मासिन लागेको छ । विजयपुरमा मानव वस्ती बसेपछि ती ऐतिहासिक ढुंगाहरु कति पुरिए भने कति बोकेर लगेको जानकारहरु बताउछन् ।
विजयपुरका पुराना वासिन्दा सुर्यप्रसाद उपाध्याय कसैले पनि संरक्षणमा चासो नदिदा विजयपुरको दरबारस्थल र राजधानी भएको प्रमाण नष्ट हुदै गएकोमा चिन्ता व्यक्त गर्छन् । विगतमा यहाँ राजधानी र दरबार भएको जनाउ दिने ढुंगा, इटा, भाडाकुडाहरु जहीत्यही भेटिने गरेको थियो । तर, ती ऐतिहासिक र पुरात्तात्विक वस्तुहरु संरक्षणमा कसैले पनि चासो नदिएको उनको गुनासो छ । सेनवंशी राजाहरुको पाल्पा, मकवानपुर र विजयपुरमा शासन थियो । यी तीन राज्य कहिले छुटिन्थ्यो भने कहिले एउटै हुन्थ्यो । ‘यहाँ त दुई वटा तोप पनि थियो, मोरङको वडाहाकिम हुदा भुपालमानसिंह कार्कीले विराटनगरतिरै लगेका थिए’–उपाध्यायले भने–‘अझै पनि विजयपुरमा खन्दा जही पनि पुरानो ढुंगा, इटा, माटोको भाडा, सिक्काहरु भेटिन्छ ।’ विजयपुरको इतिहास उत्खन्न र संरक्षणमा राज्य र सम्बन्धित जातीय संस्थाहरुले चासो दिनुपर्नेमा उनको जोड छ ।
त्यसो त हरेक बर्ष बैशाखे पुर्णे (उभौली) र मंसिरे पुर्णे(उधौली)को दिन किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको टोली किराती राजाको भग्नावशेष रहेको दरबारस्थलमा पुगेर पुजा गर्छन् । राई जातिले साकेला र लिम्बुले च्याब्रङ नाचेर रमाउछन् । त्यसबाहेक ती संस्थाहरुले ऐतिहासिक थलो संरक्षणमा भने ध्यान दिएको छैन । यायोक्खा र चुम्लुङ संरक्षणभन्दा पनि यो दरबारस्थल राई कि लिम्बु राजाको थियो भन्ने विवादमा लामो समयसम्म अल्झिरह्यो । किराती राजाको दरबारस्थल भन्दै यायोक्खा र चुम्लुङ जुन स्थानमा साकेला र च्याब्रुङ नाच्छ, त्यो पनि किल्ला मात्रै हो । मुख्य दरबारस्थल विजयपुर चोक नजिकै गढी डाडाँमा पर्छ । जहाँ अहिले निजी घर र डेढ दर्जन बढी सुकुम्बासीहरु छन् । ‘विजयपुर सबै दरबार क्षेत्र नै थियो, तर मुख्य दरबार गढी डाँडा हो । त्यहाँ अहिले सुकुम्बासी छ’–यायोक्खाका केन्द्रीय सह कोषाध्यक्ष सदर राई भन्छन्–‘हामीले पुज्ने गरेको ठाउँ किल्ला हो, दुश्मन आउदैछ कि भनेर हेर्न सेन्ट्री बस्ने ठाउँ ।’ केही समयअघि चार किरात संस्थाले समिति बनाएर विजयपुर दरबार क्षेत्रको संरक्षण प्रयास भएपनि विवाद उत्पन्न भएर स्थगित गर्नुपरेको उनले सुनाए ।
विजयपुर गढी र दरबारको संरक्षणमा धरान उपमहानगरपालिकाले पनि चासो दिएको छैन । उपमहानगरपालिकाले विजयपुरको महत्व देखाएर पर्यटन भित्र्याउने लक्ष्य लिएपनि इतिहास जोगाउन र संरक्षणमा कुनै नीति र योजना पनि बनाएको छैन । ‘मुख्य जिम्मेवारी त पुरात्तत्व विभागको हो, तर उपमहानगरपालिकाले पनि नीति बनाएर ऐतिहासिक थलो संरक्षण गर्नुपर्ने हो । त्यसो हुन सकेको छैन’–उपमहानगरका योजना शाखा प्रमुख ईञ्जियनर सुरज श्रेष्ठ भन्छन्–‘यहाँ कस्तो दरबार थियो, त्यहीस्तरको दरबार निर्माण गरेर संरक्षण गर्नुपर्छ । आगामी योजनामा यसबारेमा केही व्यवस्था गछौं ।’
पछिल्लो समय यी दुवै संस्थाबीच समन्वय र सहकार्य बढ्दै गएको छ । त्यसैको फलस्वरुप दुवै संस्थाबीच विजयपुर गढी र दरबार क्षेत्रलाई संरक्षण गर्न समिति बनाएर पहल गर्ने समझदारी भएको छ । ‘हामी निरन्तर छलफलमा छौं, विजयपुरको इतिहास संरक्षण गर्नुपर्छ, त्यसको लागि एकजुट नभई हुदैन भन्नेमा पुगेका छौं’–चुम्लुङकी केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बुले भनिन्–‘संरक्षणको लागि चारै किरात संस्था मिलेर अघि बढ्नुपर्ने हुन्छ ।’ उनका अनुसार संस्थागत सहकार्य गर्न साँस्कृतिक फाँट एक भएर जाने सहमति भएको छ ।
यायोक्खाका केन्द्रीय सहकोषाध्यक्ष सदर राईका अनुसार यायोक्खा र चुम्लुङबीच संरक्षणको लागि समिति बनाउने सहमति भइसकेको छ । ‘विजयपुर किरातीहरुको गौरवशाली इतिहास हो, यसलाई जोगाउनुपर्छ भनेर लागिपदैछौं’–उनले भने । अतिक्रमणमा परेको विजयपुर दरबार क्षेत्रबारे के गर्ने भनेर अन्यौल भएपनि अतिक्रमण नभएको क्षेत्र संरक्षण गरिनेछ । यसको लागि याक्खा र सुनुवार जातीय संस्थासँग पनि मिलेर अघि बढ्ने उनले बताए ।
हाल धरान १४ मा पर्ने विजयपुर डाँडाको महत्व धार्मिकरुपमा मात्रै बढेको होइन । पृथ्वीनारायण शाहले एकीकरण गर्नुपुर्व विजयपुर क्षेत्र अलग राज्य थियो । पाल्पाका सेनवंशी राजाले विजयपुरलाई सामरिकरुपमा महत्वपुर्ण किल्लाकोरुपमा प्रयोग गरेका थिए । पछि विजयपुर किरात प्रदेशको राजधानी थियो । यसलाई अहिले पनि लिम्बुवानको राजधानीकोरुपमा उल्लेख गरिन्छ । वि.सं. १८३१ सम्म अस्तित्वमा रहेको विजयपुर गढी गोर्खाका शाह राजाले सन्धी गरेर नेपालमा गाँभेको किरात ईतिहासकार ईमानसिंह चेम्जोङले किरात ईतिहासमा उल्लेख गरेका छन् । विजयपुरमा रहेका विभिन्न ताम्रपत्र र छिनोले खोपेर चारपाटे बनाईएका आकर्षक ढुंगाले यहाँ पहिले किल्ला र दरवार थियो भन्ने झल्काउछ । चारपाटे आकारका करिब ६ फिट लम्बाईका ती ढुंगाहरु संरक्षण नहुदा मासिन लागेको छ । विजयपुरमा मानव वस्ती बसेपछि ती ऐतिहासिक ढुंगाहरु कति पुरिए भने कति बोकेर लगेको जानकारहरु बताउछन् ।
विजयपुरका पुराना वासिन्दा सुर्यप्रसाद उपाध्याय कसैले पनि संरक्षणमा चासो नदिदा विजयपुरको दरबारस्थल र राजधानी भएको प्रमाण नष्ट हुदै गएकोमा चिन्ता व्यक्त गर्छन् । विगतमा यहाँ राजधानी र दरबार भएको जनाउ दिने ढुंगा, इटा, भाडाकुडाहरु जहीत्यही भेटिने गरेको थियो । तर, ती ऐतिहासिक र पुरात्तात्विक वस्तुहरु संरक्षणमा कसैले पनि चासो नदिएको उनको गुनासो छ । सेनवंशी राजाहरुको पाल्पा, मकवानपुर र विजयपुरमा शासन थियो । यी तीन राज्य कहिले छुटिन्थ्यो भने कहिले एउटै हुन्थ्यो । ‘यहाँ त दुई वटा तोप पनि थियो, मोरङको वडाहाकिम हुदा भुपालमानसिंह कार्कीले विराटनगरतिरै लगेका थिए’–उपाध्यायले भने–‘अझै पनि विजयपुरमा खन्दा जही पनि पुरानो ढुंगा, इटा, माटोको भाडा, सिक्काहरु भेटिन्छ ।’ विजयपुरको इतिहास उत्खन्न र संरक्षणमा राज्य र सम्बन्धित जातीय संस्थाहरुले चासो दिनुपर्नेमा उनको जोड छ ।
त्यसो त हरेक बर्ष बैशाखे पुर्णे (उभौली) र मंसिरे पुर्णे(उधौली)को दिन किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङको टोली किराती राजाको भग्नावशेष रहेको दरबारस्थलमा पुगेर पुजा गर्छन् । राई जातिले साकेला र लिम्बुले च्याब्रङ नाचेर रमाउछन् । त्यसबाहेक ती संस्थाहरुले ऐतिहासिक थलो संरक्षणमा भने ध्यान दिएको छैन । यायोक्खा र चुम्लुङ संरक्षणभन्दा पनि यो दरबारस्थल राई कि लिम्बु राजाको थियो भन्ने विवादमा लामो समयसम्म अल्झिरह्यो । किराती राजाको दरबारस्थल भन्दै यायोक्खा र चुम्लुङ जुन स्थानमा साकेला र च्याब्रुङ नाच्छ, त्यो पनि किल्ला मात्रै हो । मुख्य दरबारस्थल विजयपुर चोक नजिकै गढी डाडाँमा पर्छ । जहाँ अहिले निजी घर र डेढ दर्जन बढी सुकुम्बासीहरु छन् । ‘विजयपुर सबै दरबार क्षेत्र नै थियो, तर मुख्य दरबार गढी डाँडा हो । त्यहाँ अहिले सुकुम्बासी छ’–यायोक्खाका केन्द्रीय सह कोषाध्यक्ष सदर राई भन्छन्–‘हामीले पुज्ने गरेको ठाउँ किल्ला हो, दुश्मन आउदैछ कि भनेर हेर्न सेन्ट्री बस्ने ठाउँ ।’ केही समयअघि चार किरात संस्थाले समिति बनाएर विजयपुर दरबार क्षेत्रको संरक्षण प्रयास भएपनि विवाद उत्पन्न भएर स्थगित गर्नुपरेको उनले सुनाए ।
विजयपुर गढी र दरबारको संरक्षणमा धरान उपमहानगरपालिकाले पनि चासो दिएको छैन । उपमहानगरपालिकाले विजयपुरको महत्व देखाएर पर्यटन भित्र्याउने लक्ष्य लिएपनि इतिहास जोगाउन र संरक्षणमा कुनै नीति र योजना पनि बनाएको छैन । ‘मुख्य जिम्मेवारी त पुरात्तत्व विभागको हो, तर उपमहानगरपालिकाले पनि नीति बनाएर ऐतिहासिक थलो संरक्षण गर्नुपर्ने हो । त्यसो हुन सकेको छैन’–उपमहानगरका योजना शाखा प्रमुख ईञ्जियनर सुरज श्रेष्ठ भन्छन्–‘यहाँ कस्तो दरबार थियो, त्यहीस्तरको दरबार निर्माण गरेर संरक्षण गर्नुपर्छ । आगामी योजनामा यसबारेमा केही व्यवस्था गछौं ।’
संरक्षणमा यायोक्खा र चुम्लुङले पहल गर्ने
भाषा, धर्म, सँस्कृतिको संरक्षण र उत्थान गर्ने उद्देश्यले स्थापना भएको किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङले पहिचानको लागि राजनैतिक मुद्दा पनि बोकेपछि दुवै संस्थाबीच दुरी बढ्दै गएको थियो । चुम्लुङले अरुण पुर्व लिम्बुवानको माग गरेको छ भने यायोक्खाले किरात स्वायत्त राज्य ।पछिल्लो समय यी दुवै संस्थाबीच समन्वय र सहकार्य बढ्दै गएको छ । त्यसैको फलस्वरुप दुवै संस्थाबीच विजयपुर गढी र दरबार क्षेत्रलाई संरक्षण गर्न समिति बनाएर पहल गर्ने समझदारी भएको छ । ‘हामी निरन्तर छलफलमा छौं, विजयपुरको इतिहास संरक्षण गर्नुपर्छ, त्यसको लागि एकजुट नभई हुदैन भन्नेमा पुगेका छौं’–चुम्लुङकी केन्द्रीय उपाध्यक्ष चन्द्रमाया लिम्बुले भनिन्–‘संरक्षणको लागि चारै किरात संस्था मिलेर अघि बढ्नुपर्ने हुन्छ ।’ उनका अनुसार संस्थागत सहकार्य गर्न साँस्कृतिक फाँट एक भएर जाने सहमति भएको छ ।
यायोक्खाका केन्द्रीय सहकोषाध्यक्ष सदर राईका अनुसार यायोक्खा र चुम्लुङबीच संरक्षणको लागि समिति बनाउने सहमति भइसकेको छ । ‘विजयपुर किरातीहरुको गौरवशाली इतिहास हो, यसलाई जोगाउनुपर्छ भनेर लागिपदैछौं’–उनले भने । अतिक्रमणमा परेको विजयपुर दरबार क्षेत्रबारे के गर्ने भनेर अन्यौल भएपनि अतिक्रमण नभएको क्षेत्र संरक्षण गरिनेछ । यसको लागि याक्खा र सुनुवार जातीय संस्थासँग पनि मिलेर अघि बढ्ने उनले बताए ।
Comments
Post a Comment