जनजाति महासंघको बन्दले जनजीवन प्रभावित(फोटोफिचर)


धरान । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको दुई दिने आमहड्तालले जनजीवन प्रभावित बन्यो । बन्दको पहिलो दिन आइतबार कतै पनि लामो दुरीको सवारीसाधान चलेनन् भने बजार, उद्योग, शैक्षिक संस्थाहरु सबै ठप्प बन्यो । महसंघले पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, धर्मनिरपेक्ष, समानुपातिक समावेशीता, समानता जस्ता माग संविधानमा समेटिनुपर्ने भन्दै चरणवद्ध आन्दोलन शुरु गरेको छ ।
संविधान जारी हुने मिति नजिकिदै गर्दा दलहरुबीच सहमति नबन्दा बन्द, हड्तालको श्रृंखला शुरु भएको छ । यसले सर्वसाधारण जनताको दैनिकीलाई भने कष्टकर बनाउदै लगेको छ । आइतबार बन्दको क्रममा विभिन्न ठाउँमा बन्दकर्ता पक्राउ परेपनि धरान आइतबार शान्तिपुर्ण रह्यो । अन्यत्र तनावको स्थिति बनेपछि धरानमा भने बन्दकर्ताहरुले बिहानैदेखि सँस्कृतिक प्रर्दशन गर्यो । बन्दकर्ताले डोरी टागेर मोटरसाइकलसमेत निषेध गरेको भानुचौक क्षेत्रमा राई जातिको साकेला, लिम्बुको केलाङ, तामाङ सेलोलगायत नाच प्रस्तुत गरियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे