रेडियो तथा स्टेज उद्घोषण तालिम सम्पन्न

धरान । हाम्रो कोशी आवाज साप्ताहिक पत्रिकाले आयोजना गरेको एक महिने रेडियो तथा स्टेज उद्घोषण तालिम सम्पन्न भएको छ ।  गत असार १९ गतेदेखि साउन १९ सम्म आयोजित तालिम अग्रज पत्रकार हर्ष सुब्बाको प्रमुख अथित्यमा आइतबार सम्पन्न भएको छ । तालिमको क्रममा आयोजित वक्तृत्वकला र वादविवाद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
वक्तृत्वकलामा पहिलो लुना बस्नेत, दोस्रो सुस्मिता चौधरी, तेस्रो गोमा कुलुङ, सान्त्वना आयशा कार्की भएकी थिइन् । साथै वादविवाद प्रतियोगितामा कपिल ढुंगाना पहिलो, सविता गौतम दोस्रो, झरना विष्ट तेस्रो र सुस्मिता चौधरी सान्त्वना भएकी थिइन । दुवै प्रतियोगिताका बिजेतालाई क्रमशः ११ सय, ७ सय र ४ सय नगद पुरस्कारसमेत प्रदान गरियो । कार्यक्रममा एलिना मोक्तान, स्वीकृति तुम्वाहाम्फे, दुर्गा निरौला, सुमन भण्डारी, निकेश घिमिरे, सीमा राई, सृष्टि लिङ्खिम राईलगायतले तालिमको अनुभव सुनाएका थिए ।
कार्यक्रममा तारामाया तामाङ, अनु राई, अनिता थापामगर, गोमा कुलुङले गीत पस्के भने झरना विष्ट, अनिता मगर, तिनमाया राईले नृत्य पस्किए । दृष्टिविहीन जीवन विष्ट र रमेश प्रसाईले हाँस्यव्यङ्ग्य सुनाए । कार्यक्रमको स्वागत मन्तव्य प्रकाशक शेखरनाथ जोगीले गरेका थिए भने कार्यक्रम सञ्चालन सहभागीहरु सुस्मिता चौधरी, संगीता लावती, मञ्जिला राई, आयषा कार्की, लुना बस्नेतले गरेका थिए । कार्यक्रममा प्रमाणपत्र वितरण गरेपछि प्रमुख अतिथि सुब्बा, विशेष अतिथि दियाली, ट्राफिक प्रहरी प्रमुख सिंह, सियोनका डाइरेक्टर खड्गबहादुर थापा मगरले तालिम लिएपछि प्रमाणपत्र सिरानीमा राखेर नबस्न आग्रह गरेका थिए ।
सम्पादक विमल शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बराह ज्वेलवरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख मानबहादुर दियाली, खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य शर्मिला राई, ताप्लेजुङ सान्थाक्रा ज्वेलरी ज्वेलरी इण्डष्ट्रिज प्रालिका संस्थापक राजेन्द्र ल्वागुन, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रदीपकुमार सिंह विशेष अतिथि थिए । कार्यक्रममा शिक्षक ओमनाथ रिमाल, एम्स एकेडेमी (कलेज) का डाइरेक्टर मिलन राई, सियोन स्कुलका डाइरेक्टर खड्गबहादुर थापा मगर, बराहका प्रशासकीय प्रमुख गंगा कालिकोटेलगायतको उपस्थिति थियो ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे