हङकङका धरानेहरुबाट खेल सामग्री र नगद सहयोग


धरान । हङकङमा बसोबास गरिरहेका धरानेहरुले यहाँका विभिन्न खेलकुद संस्था र सुस्त मनस्थिति कल्याण संस्थालाई खेल सामग्री र नगद सहयोग गरेका छन् । हङकङस्थित धरान ८ समाज हङकङ र धरान १७ समाज हङकङले खेल संस्था र सुस्त मनस्थितिलाई सहयोग गरेको हो ।
शनिबार धरान १६ स्थित राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाले ७ वटा क्लबलाई खेल सामग्री हस्तान्तरण गर्यो भने सुस्त मनःस्थितिलाई नगद डेढ लाख रुपैया प्रदान गर्यो । कार्यक्रममा धरान १७ समाज हङकङका सचिव विनोद राईले सुस्त मनःस्थिति विद्यालयकी प्रिन्सिपल शिला श्रेष्ठलाई डेढ लाख रुपैया नगद हस्तान्तरण गरेका थिए । उक्त नगद धरान ८ समाज हङकङ र धरान १७ समाज हङकङको संयुक्त पहलमा संकलन भएको ती संस्थाका प्रतिनिधिले जानकारी दिएका छन् ।
यसैगरि, दुवै संस्थाले धरान १७ स्थित होराइजन क्लबलाई नगद १५ हजारसँगै २ वटा बास्केटवल पनि प्रदान गर्यो भने धरान भेट्रान फुटबल क्लबलाई १८ सेट जर्सी हस्तान्तरण गरेको छ । यस्तै, पटनाली फुटबल क्लबलाई २ वटा फुटबल, भोटेपुल फुटबल क्लबलाई ४ वटा फुटबल, गोधुली क्लब धरानलाई ५ वटा फुटबल र राष्ट्रिय खेकलुद परिषद सुनसरीको बास्केटवल टिमलाई पनि २ वटा बास्केटवल दुवै संस्थाले प्रदान गरेको छ ।
धरान १७ समाज हङकङका प्रतिनिधि नारद राईले सुस्त मनःस्थितिलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरेर प्रदान गरिएको बताए । हङकङमा रहेका धरानेहरु आफ्नो ठाउँ(धरान)को विकासमा धेरै चासो दिने गरेको उल्लेख गर्दै उनले सहयोगको सही सदुपयोग हुनुपर्ने बताए । ‘हङकङमा धेरै दुःख, परिश्रम गरेर कमाएको पैसा थोरै थोरै संकलन गरेर सहयोग पठाएको हुन्छौं, त्यो सहयोग सही सदुपयोग होस भन्ने हामी चाहन्छौं’–राईले भने–‘हङकङमा रहेका हामी धरानेहरु आफ्नो ठाउँको विकासमा धेरै नै चासो दिन्छौ, र सक्दो सहयोग पनि गछौं ।’ सुस्त मनःस्थिति कल्याण संस्थाका व्यावस्थापन समिति अध्यक्ष कमल पार्थिवले संस्थालाई ठुलो राहत पुगेको उल्लेख गर्दै थप सहयोग पाउने आशा व्यक्त गरे ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे