‘ग्रिन सिटी, क्लिन सिटी’ अभियानमा युवा,विद्यार्थीको साथ (फोटोफिचर)

धरान । धरानलाई हरियाली र सफा शहर बनाउन शुरु भएको ‘ग्रिन सिटी, क्लिन सिटी’ अभियानलाई युवा तथा विद्यार्थीहरुले पनि साथ दिएका छन् । जनस्तरबाटै शुरु भएको अभियानले युवा, विद्यार्थीहरुको पाएसँगै सफाई गतिविधिहरुले पनि तीब्रता पाएको छ ।
अभियानअन्र्तगत नै शनिबार युवा तथा विद्यार्थीहरुले धार्मिकस्थल विजयपुर प्रवेशद्धार रहेको धरान १ सिंहदेवी चोक क्षेत्रमा सफाई अभियान चलाए । लियो क्लब अफ धरान बुढासुब्बाको संयोजनमा भएको अभियानमा नेशनल एकेडेमी उच्चमाविको विद्यार्थीहरुको सोसियल वेल्फेयर क्लब र धरान १५ स्थित युवा क्लबले पनि सहभागीता जनायो । युवा तथा विद्यार्थीहरुले कलेज परिसरबाट शुरु गरेको सफाई अभियान सिंहदेवी चोक हुदै छाताचोकसम्म पुगेको थियो । त्यसक्रममा बाटो वरपरको झाडी र फोहोर उठाएका थिए । कलेज परिसरमा अशोक, धुपी, मसला जातको ५० वटा विरुवा रोपेको पनि क्लबले जानकारी दिएको छ ।
सफाई अभियानका संयोजकसमेत रहेका लियो क्लबका सचिव तथा वेल्फेयर क्लबका अध्यक्ष लुईस मेवाहाङले समाजिक काममा युवाहरुको पनि सक्रियता आवश्यक भएकोले अभियानमा सहभागीता जनाएको बताए । अधिकार मात्रै माग्ने तर समाजप्रतिको कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढेकोले पनि त्यो धारणामा परिवर्तन ल्याउने उद्देश्य रहेको उनले बताए । ‘युवाहरु सरकारले यो गरेन, त्यो गरेन भन्छौं तर आफुले के गर्यौं ? घर अघि फोहोर छ, तर नगरपालिकालाई गाली गछौं’–उनले भने । युवा क्लबका अध्यक्ष विकल खड्काले सरसफाईबारे जनचेतना जगाउनु जरुरी भएकोले अभियानमा सहभागी बनेको बताए । युवा र विद्यार्थी गरी ३० जना शनिबार सफाई अभियानमा सहभागी थिए ।
‘ग्रिन सिटी, क्लिन सिटी’को अभियन्ता एवं लायन्स क्लब अफ धरान बुढासुब्बाका अध्यक्ष देव सुब्बा अनुसार पवित्र धार्मिकस्थल जाने बाटो ज्यादै फोहोर भएकोले सफाई अभियान गरेको बताए । ‘अभियानले व्यापकता पाउदै गएको छ । युवा विद्यार्थीहरुको पनि साथ जुटेकोले धरान साच्चै ग्रिन र क्लिब सिटिमा परिणत हुनेमा ढुक्क छौं’–अभियन्ता सुब्बाले भने ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे