आसरा सुधार केन्द्रलाई सहयोग

धरान । दुव्र्यसनमा फसेकाहरुलाई आवासियरुपमा राखेर उपचार र पुर्नस्थापना गराउने उद्देश्यले धरानमा निर्माण शुरु भएको आसरा सुधार केन्द्रलाई होटल व्यावसायीहरुले आर्थिक सहयोग गरेका छन् । होटल एशोसिएशन अफ धरानले केन्द्र निर्माणको लागि नगद २५ हजार प्रदान गरेको हो ।
एक लाख रुपैया दिने कवोल गरेको एशोसिएशनले पहिलो किस्ता वापत उक्त रकम प्रदान गरेको जनाएको छ । एशोसिएशनका अध्यक्ष सुर्वण श्रेष्ठले केन्द्र निर्माण समितिकी कोषाध्यक्ष शिला बज्रचार्यलाई चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष श्रेष्ठका अनुसार एक बर्षभित्र एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेअनुरुप पहिलो किस्ता प्रदान गरिएको हो । ‘धरानको मुख्य समस्या दुव्र्यसन हो, दुव्र्यसन मुक्त बनाउने राम्रो कामको लागि हामीले सहयोग गरेका हौं । एक बर्षभित्र एक लाख रुपैया बुझाइसक्छौं’–उनले भने ।
नेपाल प्रहरीको बिशेष अगुवाईमा धरान २३ स्थित पानवारीमा केन्द्रको भवन निर्माण हुदैछ । भवन निर्माण गर्न पुर्व मेयर मनोजकुमार मेन्याङबोको संयोजकत्वमा एक समिति गठन भएको छ । आगामी दुई बर्षभित्र केन्द्रको भवन निर्माण पुरा गर्ने समितिको लक्ष्य छ । करिब ४ करोड लागतमा निर्माण हुने भनिएको केन्द्रको ४ वटा भवन हुनेछ । जहाँ २ सय जना महिला र पुरुषलाई छुट्टै रहने व्यवस्था हुनेछ भने त्यहाँ सुविधायुक्त जिम हल, साउना वाथ र सीपमुलक तालिमको व्यवस्था पनि हुनेछ । उपचारसँगै सीप सिकाएर समाजमा पुर्नस्थापना गराउने लक्ष्य राखिएको निर्माण समितिका सचिव एवं सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । ‘केन्द्रमा उपचार मात्रै होइन, फिटनेश गराउने, सिप सिकाउने र समाजमा पुर्नस्थापना गराउने पनि हाम्रो लक्ष्य हो’–उनले भने ।
कोषाध्यक्ष बज्रचार्यका अनुसार हालसम्म ४० लाख बढी वचन दान दिएका छन् भने ९ लाखको हाराहारीमा रकम सहयोग उठेको छ । सहयोग गर्ने वचन दिएकाहरुलाई रकम र क्षमता अनुसार सहज गराउन किस्तामा दिने व्यवस्था गरिएको उनले बताइन् । ‘धरानलाई र पुर्वाञ्चललाई नै दुव्र्यसनमुक्त बनाउने अभियान हो, त्यसैले संस्थागतरुपमा होस वा व्यक्तिगतरुपमा होस, सबैबाट सहयोग हुदा मात्रै हामी पुुरा गर्न सक्छौं’–उनले भनिन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे