दुई दिने आमहड्तालको पुर्वसन्ध्यामा मशाल जुलुश(फोटोफिचर)


धरान । चार ठुला दलले ६ संघीय प्रदेशमा भएको सहमतिको विरोधमा संघीय समाजवादी फोरम, संघीय लिम्बुवान पार्टी, नेकपा माओवादी, नेकपा एकीकृतलगायत पार्टीले शनिबार धरानमा मशाला जुलुज निकालेको छ । लिम्बु जातिको साझा जातीय संस्था किरात याक्थुङ चुम्लुङले पनि मशाल जुलुस निकालेको थियो ।
यी पार्टीहरुले विरोधमा साउन ३१(आइतबार) र ३२(सोमबार) आमहड्तालको आह्वान गरेको छ ।

कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक)ले अन्तरिम संविधानको मस्यौदमा ६ संघीय प्रदेशको सिमांकनको सहमति गरेपछि मुलुकभर आन्दोलन भइरहेको छ । सहमतिमा पुर्वको १४ जिल्लालाई १ नम्बर प्रदेशमा राखिएपछि अरुण पुर्वको ९ जिल्ला लिम्बुवान राज्यको माग गर्दै आएको लिम्बुवान पार्टीसहित अन्य दलहरु पनि असन्तुष्ट छ । उनीहरुले कुनै पनि हालतमा अन्तरिम मस्यौदा स्वीकार नगर्ने घोषणा गरेका छन् । जर्बजस्ती मस्यौदा जारी गरेपनि सफल नहुने दाबी गरेका छन् ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे