तेस्रो राष्ट्रिय सीप सप्ताह शुरु


धरान । कपडा सिलाई एवं टेलरिङ व्यावसायमा रहेका जनशक्तिको क्षमता तथा सीप अभिवृद्धि गराउने उद्देश्यले धरानमा तेस्रो राष्ट्रिय सीप सप्ताह शुरु भएको छ । नेपाल कपडा व्यावसायी तथा सिलाई व्यावसायी संघको केन्द्रीय समितिद्धारा आयोजित सप्ताह साउन २२ गतेसम्म जारी रहनेछ ।
सीप सप्ताहको एक समारोहबीच संघका केन्द्रीय अध्यक्ष सुरज बज्रचार्य र प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले उद्घाटन गरेका थिए । सीप सप्ताहमा सहभागीहरुलाई फेशन डिजाइनिङको एडभान्स तालिम दिइने आयोजकले जनाएको छ ।
 बजारमा बढी माग भएका फेशन आइटमहरुबारे राष्ट्रियस्तरका प्रशिक्षकले सिकाउने कार्यक्रम संयोजक तथा संघका केन्द्रीय सदस्य फिरोज अलिले जानकारी दिए । उनका अनुसार सहभागीहरुलाई राष्ट्रिय प्रशिक्षकद्धय दिपेन्द्र करञ्जित र राजमान मर्हजनले प्रशिक्षण दिनेछन् । ‘सिलाई कटाई काम गरिरहेकाहरुलाई आधुनिक फेशन डिजाइनिङबारे सीप र दक्षता बढाउने उद्देश्य हो । बजारमा बढी माग भएको आइटमलाई आधुनिकपारामा तयार गर्ने सिप सिक्नेछन्’–संयोजक अलिले भने–‘लेहेङ्गा, अनारकली, अम्रेला, कोटलाई आधुनिक पारामा तयार गर्न सिकाइन्छ । चोलोलाई पनि कसरी विभिन्न रुप दिने भनेर सिकाइनेछ ।’
संघका अनुसार प्रशिक्षण कार्यक्रम धरानपछि मोरङ्गको पथरी, झापाको विर्तामोड र इलाममा पनि हुनेछ । धरानमा साउन १७ र १८ गते, पथरी र विर्तामोडमा १९ र २० गते, इलाममा २१ गते प्रशिक्षण सञ्चालन हुनेछ भने २२ गते धरानमै समापन हुने संघले जनाएको छ । संघको बार्षिक कार्यक्रमअन्र्तगतको पहिलो सीप सप्ताह नवलपरासी र दोस्रो वाग्लुङमा आयोजना भएको थियो । प्रशिक्षणपछि सहभागीहरुको क्षमतामा झन् निखार आउने र प्रमाणपत्रले जही पनि राम्रो काम पाउने संघका सुनसरी अध्यक्ष गोपाल रनपहेलीले बताए । तालिममा सहभागी हुन ७० भन्दा बढीले फारम भरेका छन् भने अधिकतर महिलाहरु छन् । सीप सप्ताहको उद्घाटन अघि सिलाई व्यावसायीहरुले पञ्चेबाजासहित वृहत र्याली पनि निकालेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे