कुखुरा जोगाउदा ज्यानै गयो


धरान । धनकुटाको छिन्ताङ ९ का ४० बर्षीय बासन राई मंगलबार बिहान मोटरसाइकलमा धनकुटातर्फ फर्कदै थिए । धरान १३, जिरोप्वाइन्टमा कुखुरा सडकमा निस्कियो । कुखुरा जोगाउने हुदा उनको मोटरसाइकल ढल्यो । उनको पछि पछि गुडिरहेको दिपेन्द्र प्रहरी आवासिय माविको बसले किचेर तत्कालै ज्यान गयो ।
‘रोडमा कुखुरा निस्किएछ, त्यसलाई जोगाउने हुदा बाइक लडेछ र पछाडिबाट बसले पुलिसकै गाडीले किचेछ’–मृतकका भतिजो लालकुमार राईले भने–‘घटनास्थल गएर बुझदा यो थाह भयो, प्रहरीले नै काकालाई अस्पताल ल्याएको रहेछ ।’ प्रहरीले नै बासनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष पुर्याए पनि बाटोमा नै मृत्यु भइसकेको चिकित्सकले घोषणा गर्यो । उनका अनुसार गाडीको चक्काले बासनको टाउको र छातिमाथि नै किचेको थियो । यद्यपी, केही आफन्तजनले भने प्रहरीकै भेनले किचेको दाबीसमेत गरे । घटना बिहान ९ बजेतिरको हो । मृतक बासन को ९ प ८४४९ नम्बरको मोटरसाइकलमा धनकुटातर्फ जादै थिए भने उनको पछि बा १ घ २४७६ नम्बरको स्कुल बस गुड्दै थियो ।
इलाका प्रहरी कार्यालयका डिएसपी सुदमकुमार सिजापतिले भने मोटरसाइकल अनियन्त्रित्र भई लडेर बासनको ज्यान गएको बताए । प्रहरी स्कुलको बसले पछाडिबाट नकिचेको जिकिर गर्दै उनले लडेर उछ्ििटटएको कारण गहिरो चोले मृत्यु हुनक्ने बताए । ‘स्कुल बस बच्च लिन गइरहेको बेला मोटरसाइकल ओभरटेक गरेर जादा अनियन्त्रित भइ लडेको रहेछ’–घटनास्थलमा बुझेको दाबी गर्दै डिएसपी सिजापतिले भने–‘घिस्रिएको चोट छ, गाडीको चक्काले किचेको वा ठक्कर लागेको केही संकेत छैन ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे