बीपी प्रतिष्ठान जोगाउन आग्रह


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानको गरिमा जोगाउन धरानबासी नै अग्रसर हुन आग्रह गरेका छन् । धरान जेसीजको सप्तहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै रजिष्ट्रार श्रेष्ठले प्रतिष्ठानको अवस्थाप्रति धरानबासीले चासो नदिएकोमा बढी चिन्ता व्यक्त गरे ।
 पदाधिकारीले गरिमा जोगाउन प्रयत्न गरिरहेको भएपनि स्थानीय धरानबासीले चासो र पहल नगरेसम्म सफल नहुने उनको धारणा थियो । ‘प्रतिष्ठानको जुन गरिमा छ, त्यो धरासाही हुदैछ । यसलाई बचाउनुपर्छ । प्रतिष्ठान धरानबासीको हो, तपाईहरुले अपनत्व महसुस गर्नुपर्छ र जोगाउनुपर्छ ’–रजिष्ट्रार श्रेष्ठले भने–‘धरानबासीले यहाँ विरामी हुदा मात्रै आउने होइन, अरुबेला पनि के हुदैछ, पदाधिकारीले के गर्दैछन् भनेर बुझ्न आउनुस, चासो र सुझाव दिनुस् । तपाईहरुको लागि ढोका सधै खुला रहन्छ । तबमात्रै प्रतिष्ठान जोगिन्छ ।’
रष्ट्रिार श्रेष्ठले आफु प्रतिष्ठानमा आएपछि सुधारको हदैसम्म प्रयत्न गरेको र त्यसमा सफल पनि भएको दाबी गरे । आफु आएपछि नोक्सानमा रहेको प्रतिष्ठानलाई आर्थिकरुपमा उकासेर आम्दानी र खर्च बराबर बनाएको पनि जिकिर गरे । प्रतिष्ठान अन्य कारणले नभई आन्तरिक कारणले नै समस्यामा रहेको भन्दै उनले पदाधिकारीहरुबाट भएको कमी, कमजोरीलाई सुधार गर्दै अघि बढ्न आफु तयार रहेकोसमेत उद्घोष गरे । चार सय शैयाको मातृ शिशु स्याहार केन्द्रको सिलान्यास भइसकेको र न्युरो सर्जन, मुटु रोग बिशेषज्ञसमेत उपलब्ध भएकोले अब प्रतिष्ठान सुपरस्पेसियालिटी(बिशेषज्ञ) सेवातर्फ अघि बढ्ने पनि जिकिर गरे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे