नयाँ रात्री बस पार्क भदौं दोस्रोदेखि सञ्चालन हुने

धरान । भानुचौकस्थित बसपार्कलाई व्यवस्थित गर्न लामो दुरीको रात्री बसलाई विकल्पमा निर्माण भइरहेको बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपाकिला, यातायात व्यावसायी, जिल्ला ट्राफिकको पहलमा धरान १५, सदन स्कुल उत्तरमा रात्रीबसलाई भानुचौकको विकल्पमा बसपार्क निर्माण भइरहेको छ ।
निर्माण उपभोक्ता समितिका अनुसार बसपार्कको सबै काम सकिएको छ । यहाँबाट भदौ १४ गतेबाट रात्री बसहरु सञ्चालन गर्ने व्यावसायी र उपमहानगरपालिकाले निर्णय गरिसकेको छ । भानुचौकस्थित बसपार्क साँघुरिदै गएर अस्तब्यस्त बनेपछि व्यावस्थित गर्न दुई बर्षअघिदेखि लामो दुरीको रात्री बसलाई स्थानन्तरण गर्न पहल भएको थियो । ‘सवारीको चाप बढेको बढ्यै छ, भानुचौकको बसपार्कले थेग्नै सक्दैन । बसपार्क अव्यस्थित हुदै गएपछि हामी चिन्तित छौं’–निर्माण उपभोक्ता समिति अध्यक्ष एवं यातायात व्यावसायी तिलक राईले भने–‘बसपार्कको विकल्प नभेटिए पनि खण्डित गरेरै भएपनि एउटा सेक्टरलाई सार्न सबैको सहमति भएकोले यो सम्भव भयो ।’
भानुचौक बसपार्क व्यवस्थापन सुधार समितिका संयोजकसमेत रहेका राईले रात्री बसपार्क स्थानान्तरण हुदा मात्रै पनि भानुचौकमा ट्राफिक र आवागमनमा धेरै सहज हुनेछ । नयाँ बसपार्कका संयुक्तरुपमा काउण्टर रहनेछ । जसले गर्दा भानुचौकमा जस्तो गुणस्तरहिन गाडीको काउण्टर नरहने र सेवामा विकृति पनि नहुने उनले खुलाए । भानुचौकमा जथाभावीरुपमा जुनसुकै गाडीको पनि काउण्टर राखिएको छ । जसले गर्दा यात्रुहरुले गुणस्तरीय सेवा नपाएको गुनासो गर्छन् । उनका अनुसार घरेलु तथा सिलपकला बिक्री भण्डारको उपभोगविहिन करिब ६ कट्ठा जग्गामा नयाँ रात्री बसपार्क दुई चरणमा निर्माण भएको हो । पहिलो चरणमा शौचालय र लभलिङको काम भयो भने दोस्रो चरणमा हाल वाल र टिकट काउण्टरको भवन निर्माण अन्तिम चरणमा छ । शौचालय महिला र पुरुष दुवैको छुट्टै छ । प्राविधिक सहयोगी एवं निर्माण उपभोक्ता समितिका सदस्य उत्तमकुमार श्रेष्ठका अनुसार ६ कोठे भवनको सबै काम सकिएर फिनिसिङ मात्रै बाँकी छ । कुल ११ लाख खर्च भएको यो बसपार्कमा व्यावसायीहरुले ३ लाख रुपैया सहभागीता जनाएका छन् ।
भविष्यमा एकतर्फी रुटमा मात्रै सञ्चालन हुने भनिएको बसपार्क सञ्चालनमा आएपछि तत्काल भने भानुचौकमा निश्चित समयको लागि मात्रै बस यात्रु उठाउन र ओराल्न जानेछ । भविष्यमा लक्ष्मी चोकदेखि माछा भौडीसम्मको सडक स्तरोन्नति भएपछि पहाडी क्षेत्रको बस पनि यात्रु यही झारेर मात्रै अन्यत्र जानेछन् । ‘भविष्यमा यात्रु ओराल्न मात्रै भानुचौक जाने व्यवस्था हुन्छ, तर तत्काल भने केही समयको लागि मात्रै यात्रु चढाउन र ओराल्न भानुचौक जान्छ’–बसपार्क व्यवस्थापन समितिका संयोजक राईले भने ।
ट्राफिक प्रहरीका अनुसार धरानबाट राजधानी, पोखरा र नेपालगञ्ज रुटमा चल्ने रात्री बसहरु दैनिक ३० देखि ४० वटासम्म भानुचौकमा पार्किङ गरिन्छ । साघुरो बसपार्कमा रात्री बस पार्किङ हुदा दिउँसो बसपार्क क्षेत्र अस्तब्यस्त बन्छ । रात्री बसको चापले गर्दा छोटो दुरीका सवारी सडकमा नै पार्किङ भइरहेको हुन्छ । लामो दुरीको रात्री बसको पार्किङ सारेपछि अहिले ठाउँ अभावमा सकडमा पार्किङ हुदै आएको छोटो दुरीको सवारीसाधानहरु बसपार्कभित्रै अट्ने ट्राफिक प्रहरीको अपेक्षा छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे