बीपीमा ४ सय बेडको मातृ–शिशु स्वास्थ्य केन्द्र बन्ने
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नेपालकै पहिलो दक्षिण पूर्वी एसियाकै नमुनाकोरुपमा मातृ तथा शिशु स्वास्थ्य केन्द्र(एमसिएच सेन्टर) बन्ने भएको छ । आगामी तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको केन्द्रको सोमबार प्रधानमन्त्री सुसिल कोइरालाले शिलान्यास गरे ।
केन्द्र ४ सय शैयाको हुनेछ भने पुर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका आमा र बच्चालाई सुपरस्पेसियालिटी (बिशिष्ट) उपचार सेवा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।


मातृ–शिशु स्वास्थ्य केन्द्र शिलान्यसा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले शिक्षा र स्वास्थ्यको विकास विना मुलुकको विकास हुन नसक्ने बताए । शिक्षा र स्वास्थ्यको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले यसको विकासको लागि सरकार सकरात्मक रहेको बताए । सभासद एवं कांग्रेस नेता डाक्टर शशांक कोइरालाले स्वास्थ्य सेवा निःशुल्क पाउनु जनताको नैसर्गिक अधिकार भएको बताए । साथै उनले निजी संस्थालाई जस्तो सरकारी मेडिकल कलेजहरुलाई चिकित्सा शास्त्र पढाउन विद्यार्थीबाट ५० लाख रुपैया शुल्क लिने वातावरण हटाउन पनि आग्रह गरे । ‘प्राइभेट इन्स्टिच्युट जस्तो एमबिबिएस पढ्न ५० लाख लिने हो ? भारतमा एम्सलाई सरकारले १६ हजार करोड दिन्छ, तर यहाँ हामी ६, ७ करोड दिन्छौं र आफै कमाउ भन्छौं । यसले कहाँ निशुल्क स्वास्थ्य हुन्छ?’–उनले भने ।
Comments
Post a Comment