आइसियु बेड कम हुदा विरामीलाई सास्तीलाई
धरान । घाटीमा हड्डी अड्किएका मोरङ दर्वेसाका ६१ बर्षीय रत्नबहादुर कार्कीको विराटनगरस्थित नोबल अस्पताल उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आए । घाटीको हड्डी त निस्कियो, तर पाकेर त्यसको असर फोक्सोमा समेत पुगिसकेछ । गएको बुधबार उनको पुनः अप्रेशन गर्नुपर्यो ।
राती ७ बजे अप्रेशन थिएटरमा लगिएका कार्कीको मध्यरात एक बजे अप्रेशन सकियो । उनलाई तत्कालै भेण्डिलेटरसहितको आइसियु कक्षमा लग्नु पथ्र्यो । तर, प्रतिष्ठानमा एउटा पनि आइसियु बेड खाली थिएन । अचेत अवस्थामा कार्कीलाई इएनटी वार्डमा लगियो । त्यही उनका आफन्तजनहरुले हातैले अम्बु(कृत्रिम श्वासप्रश्वास दिने ) ब्याग मार्फत श्वासप्रश्वास दिइरहे । अम्बुबाट श्वासप्रश्वास दिनु सजिलो छैन । रातभरको अनिदो अनि तरिका पुर्याएर ब्यागलाई थिच्नुपर्ने । साह्रो वा विस्तारी थिच्दा पनि केही होला कि भन्ने डर । हर क्षण सावधानी अपनाइरहनुपर्ने ।
ठ्याक्कै बाह्र घण्टापछि मात्रै आइसियु बेड खाली भयो । बिहिबार एक बजे मात्र वृद्ध कार्कीलाई वार्डबाट आइसियु सारियो । अनि मात्र उनका परिवारजन ढुक्क भए । ‘अप्रेशन पछि डाक्टरले भेण्डिलेटर चाहिन्छ भन्यो, तर आइसियु बेड एउटै पनि खाली थिएन । बाह्र घण्टासम्म हामीले हातैले पम्प दिनुपर्यो’–त्यतिबेलाको क्षण सम्झदै कार्कीका ज्वाई सन्तोष खड्काले भने–‘केही पो होला भनेर मन स्राहै आत्तियो ।’ वृद्ध कार्की र उनका परिवारजन एक उदाहरण मात्रै हुन् । पुर्वकै ठुलो र नमुना स्वास्थ्य संस्था मानिएको बीपी प्रतिष्ठानमा आइसियु बेड अभावले सर्वसाधारणहरु यसरी नै छटपटिनु पर्छ ।
प्रतिष्ठान पुर्वका विभिन्न जिल्लाबाट विरामी रिफर भई आउने अस्पताल पनि हो । त्यस्ता विरामीहरु अधिकांश गम्भीर एवं सिकिस्त अवस्थाका हुन्छन् । विरामीहरुलाई तत्काल आइसियु चाहिन्छ । तर, प्रतिष्ठानमा सिमित संख्यामा आइसियु भएकोले विरामीले त्यो सेवा पाउदैनन् । विरामी कि रिफर भई विराटनगरको निजी अस्पताल वा भारत सिलगुडीतिर लैजानुपर्छ कि प्रतिष्ठानमै अम्बु ब्यागद्धारा कृत्रिम श्वासप्रश्वास दिदै राख्नुपर्छ । प्रतिष्ठानका अनुसार एनेस्थेसिया विभाग अन्र्तगत एक भिआईपी वेडसहित ९ वटा सघन उपचार कक्ष(आइसियु) बेड छ भने मेडिसिन विभागअन्र्तगत ४ वटा सिसियु बेड छ । यस्तै, थप २ वटा पल्मोनरी आइसियु वेड पनि छ । सन् १९९४ मा शुरु भएको प्रतिष्ठानमा ४ बर्षपछि नयाँ भवनहरु बन्यो । त्यतिबेला बनेको आइसियु कक्षमा अहिलेसम्म बेड संख्या थपिएको छैन । त्यसबाहेक सुत्केरी आमाको लागि ३ बेडको एमआइसियु, बच्चाको लागि ७ वेडको एनआइसियु र ३ बेडको पिआइसियु पनि छ ।
प्रतिष्ठानमा विरामीको चाप यति हुन्छ कि एनेस्थेसिया विभागमा आइसियुको लागि दैनिक ३ वा ४ वटा कल आउछ । आइसियु वेड तत्काल खाली पनि हुदैन । कम्तीमा पनि एक जना विरामी दुई साता रहन्छन् भने गम्भीर प्रकृतिका विरामी महिनौंसम्म पनि राख्नुपर्ने हुन्छ । चिकित्सकहरुका अनुसार आइसियु वेडकै अभावले कतिपय शल्यक्रिया ‘पोष्टपोन्ट’ पनि गरिन्छ । ‘आइसियु वेड अरु जस्तो खाली भइरहदैन, त्यसैले सिकिस्त भएर पनि कति विरामीलाई अम्बु गराउदै वार्डमा नै राख्छौं । विरामीको आफन्तले मान्यो भने र वेड खाली छ भने विराटनगरतिर पठाइदिन्छौं’–एनेस्थेसिया विभागकी एडिस्नल प्रोफेसर डाक्टर कृष्णा पोख्रेलले भनिन्–‘आइसियु वेड नभएपनि कति सर्जरीहरु रोकिएको पनि छ । कतिलाई अप्रेशन पछि भेन्डिलेटरमा राख्नुपर्ने स्थिति बन्छ ।’ कतिपय अप्रेशन गर्न तयारी भइसकेको अवस्थामा पनि आइसियु वेड नभएपछि रद्द भएको उनले सुनाइन् ।
एनेस्थेसिया विभागकै अर्का एडिस्नल प्रोफेसर डाक्टर आशिष घिमिरेका अनुसार कम्तीमा पनि १० वटा वेड थपिन आवश्यक छ । आइसियु अभावले प्रतिष्ठानबाट अन्यत्र रिफर हुनु पर्दा विरामीहरुले महंगो शुल्क तिर्नुपर्छ । प्रतिष्ठानको आइसियु सेवा नेपालकै सस्तो मानिन्छ । यहाँ एक दिनको दुई हजार पाँच सय मात्रै तिर्नुपर्ने घिमिरेले बताए । अस्पताल निर्देशक डाक्टर अरविन्द सिन्हाले आइसियु र सिसियु वेड संख्या आवश्यकता भन्दा ज्यादै कम भएको स्वीकार गर्दै प्रतिष्ठानले संख्या बढाउन सक्दो पहल गरिरहेको बताए । ‘यहाँ चाहिएको भन्दा कम आइसियु, सिसियु वेड भएकोले विरामी अन्यत्र पठाउनु बाध्य छौं, तर वेड थप्न कोसिस गरिराखेकै छौं’–अस्पताल निर्देशक सिन्हाले भने–‘२९ वेडको पुर्वाधारयुक्त आइसियु भवन बनाउने प्रस्ताव मन्त्रालयमा बुझाएका छौं, सरकारबाट पैसा आयो भने बन्छ ।’ प्रस्ताव अनुरुप वेड संख्या थपिए पनि विरामीको चापअनुसार भने पर्याप्त नहुने उनले बताए । यसबाहेक इर्मेजेन्सी कक्षमा थप ५ वटा आइसियु वेडको व्यवस्था गरिने पनि उनले खुलाए ।

Comments
Post a Comment