भारतीय शहरमा ग्रिन इष्ट प्रर्वद्धन गरिने


धरान । पूर्वको पर्यटकीय गन्तव्यहरुको एकीकृत प्याकेज ‘ग्रिन इष्ट’को प्रर्वद्धन गर्न पुर्वेली पर्यटन व्यावसायीहरुको एक टोली पुर्वीउत्तर भारतीय राज्यमा जाने भएका छन् । सुनसरी पर्यटन प्रवद्र्धन समितिको अगुवाईमा पर्यटन बोर्ड, धरान, भेडेटार, इलाम र ताप्लेजुङबाटसमेत गरी डेढ दर्जन पर्यटकर्मी एवं व्यावसायीहरु शनिबारदेखि पुर्वीउत्तर भारतीय शहरहरुमा जान लागेका हुन् ।
पाँच दिने यात्रामा व्यावसायीहरुले सुनसरीको धरान र यसको आसपास, इलाम र ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुबारे स्थानीय पर्यटन व्यावसायी र पत्रकारहरुसँग अन्र्तक्रिया गर्नेछन् । समितिले सुनसरी, इलाम र ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुलाई समेटेर ग्रिन इष्टको प्याकेज तयार गरेको छ । जसमा नेचर अर्थात प्राकृतिक सौदन्र्य, कल्चर अर्थात सँस्कृति र एडभेन्चर अर्थात साहसिक पर्यटन खेलहरुलाई समेटिएको समितिको भनाई छ । ‘हाम्रा ग्राहक, पाहुनाहरु अन्र्तराष्ट्रियस्तरको पनि हुनुपर्छ भनेर यहाँको पर्यटकीय गन्तव्यहरुबारे जानकारी, अन्र्तक्रिया गर्न र निम्तो बाड्न हामी भारतको पुर्वीउत्तर राज्यमा जादैछौं’–पर्यटन व्यावसायी एवं समितिका सचिव बासुदेव वरालले भने–‘८ तारिखमा इष्ट वंगालको सिलगुडीमा, ९ तारिख सिक्किम राज्यको गान्तोकमा र ११ तारिख दार्जिलिङमा स्थानीय पर्यटन व्यावसायी, सरोकारवाला र पत्रकारहरुसँग अन्र्तक्रिया गर्नेछौं ।’
 उनका अनुसार बोर्डर सिटी प्रोगामअन्र्तगत सिलगुडीमा २ वटा कार्यक्रम हुनेछ । गान्तोकमा सिक्किम सरकारको पर्यटन मन्त्री, पर्यटन विभागका उच्च अधिकारीसमेत सहभागी हुने भएकोले छलफल अत्यन्त फलदायी हुने बरालले अपेक्षा जताए । ‘अब धरानले मात्रै पर्यटन थाम्न सक्दैन । त्यसैले सम्भावित ठाउँलाई एकीकृत गरेर ग्रिन इष्ट प्याकेज तयार गरेका छौं’–उनले थपे–‘यो प्याकेजमा पर्यटकलाई आकर्षित गर्ने र चाहिने ताप्लेजुङदेखि इलाम, भेडेटार र कोशीटप्पुसम्मको नेचर(प्रकृति) छ । पाथीभारादेखि बुढासुब्बा, बराहक्षेत्रसम्मको कल्चर(सँस्कृति) छ र र्याफ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, गल्फ पनि छ ।’
समितिका अध्यक्ष शिवराज श्रेष्ठका अनुसार ग्रिन इष्ट अन्र्तगत १४ हजार देखि ९० हजार भारुसम्मको इकोनोमी, बजेट र डिलक्स प्याकेज तयार गरिएको छ । जसमा नेचरको मात्रै ७ दिनको टुर प्याकेज छ भने नेचर र कल्चरको १० दिनको प्याकेज छ । यस्तै, नेचर, कल्चर र एडभेञ्चरको १५ दिने प्याकेज रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले धरान, भेडेटारको मात्रै पर्यटनको कुरा गरेर नहुने रहेछ, समग्र पुर्वकै पर्यटनलाई प्याकेज बनाएर बेच्न सक्यौं भने मात्रै लाभ लिनसक्ने रहेछौं’–उनले भने–‘पर्यटन व्यावसायीहरु जुर्मुराएका छौं, नयाँ गन्तव्यहरुको खोजी गर्ने र प्रर्वद्धन गर्ने काम भइरहनेछ ।’
धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले धरानलाई पर्यटकीय पूर्वाधारयुक्त शहर बनाउने योजना भएकोले पुर्वी उत्तर भारतमा प्रर्वद्धन कार्यक्रम उपलब्धीमुलक हुने आशा व्यक्त गरे । ‘धरानले आफ्नो भिजनमा पर्यटन पुर्वाधारयुक्त उपमहानगर भनेर राखेको छ । यो भ्रमण पक्कै पनि उपलब्धीमुलक नै हुनेछ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे