तीन बर्षीय आहाना भइन् हेल्दी बेबी(फोटोफिचर)



धरान । रोजडर्ब मन्टेश्वरीका तीन बर्षीय आहाना श्रेष्ठ २०१५ की हेल्दी बेबी(स्वास्थ्य बच्चा) घोषित भएकी छिन् । धरान जेसजको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत शुक्रबार आयोजित प्रतियोगितामा सहभागीमध्ये उनी सबैभन्दा स्वस्थ्य ठहरिएकी हुन् ।
धरान १२ स्थित सुनाखरी एकेडेमीमा सम्पन्न प्रतियोगितामा बुद्र्ध आर्दश बोर्डिङ स्कुलका ४ बर्षीय रोनिशा चौधरी फष्ट रनरअप भइन् भने धरान मन्टेश्वरीकी साढे ३ बर्षीय अविरल कनोडिया सेकेण्ड रनरअप घोषित भए । उनीहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेडियाट्रिक विभागकी एसिस्टेष्ट प्रोफेसर डा.ज्योति अग्रवालसहित पाँच जना चिकित्सकको टोलीले छनौट गरेको हो । बच्चाको उमेर अनुसारको उचाई, तौल, बच्चा र अभिभावकबीचको सम्बन्ध, बौद्धिक क्षमता, स्वास्थ्य परीक्षणलगायत जाँच गरेर मात्रै हेल्दी बेबी छनौट गरिएको आयोजकले जनाएको छ ।
यसैगरि, प्रतियोगितामा रोड वर्डकी विशेष्टा कार्कीले वेष्ट स्माइलको जितिन् भने विष्णु मेमोरियलकी आराध्य कटवालले वेष्ट स्किन, रोज वर्डका शास्वत भण्डारीले वेष्ट पर्सनालिटी, सुनाखरी एकेडेमीकी हाङसुमा लिम्बुले वेष्ट ड्रेस, युरेका स्कुलकी सुभाना सिलवालले वेष्ट हेयर स्टाइल र लक्की चाइलको पनि पुरस्कार थापिन् । यस्तै, चिल्ड्रेन हाउस मन्टेश्वरीकी कृष्मा आचार्यले वेष्ट फ्रेण्डसिप र मन्टेश्वरी किन्डर गार्डेनका साइन शाहीले वेष्ट फोटोजेनिक पुरस्कार थापे ।
विजेता बच्चाहरुलाई ट्रफी, प्रमाणपत्रसँगै विभिन्न आर्कषक पुरस्कारहरु दिइएको थियो । प्रतियोगितामा विभिन्न मन्टेश्वरी एवं विद्यालयहरुबाट कुल ८७ जना बच्चाहरु सहभागी थिए । स्पर्धामा ३ बर्षदेखि ५ बर्षसम्मका बच्चाहरु सहभागी गराइएको आयोजक धरान जेसिजका महासचिव दिपेन्द्र निरौलाले जानकारी दिए । बच्चाहरुको शारीरिक विकाससँगै मानसिक एवं बौद्धिक विकासमा अभिभावकलाई सचेतना एवं जिम्मेवार बनाउने उद्देश्य रहेको प्रतियोगिताकी संयोजक रेणुका खड्काले बताइन् । विजेता बच्चाहरुलाई जेसिजका अध्यक्ष प्रेमराज शाक्य, प्रमुख अतिथि एवं मुख्य निर्णायक डाक्टर ज्योति अग्रवाल, सप्ताहकी मुल संयोजक रोजिना अधिकारी, निवर्तमान अध्यक्ष सुवासचन्द्र सिहंलगायतले पुरस्कार वितरण गरेका थिए ।





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे