बराहको बार्षिकोत्सवमा सम्मान, ज्वेलरी शो र जादु(फोटोफिचर)

धरान । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्ना ग्राहकसँगै सहयोगी र पत्रकारहरुलाई सम्मान गरेको छ । प्रालिले शनिबार २१ औं बार्षिकोत्सव मनाउदै उत्कृष्ट ग्राहक, सहयोगी र तीन पत्रकारलाई सम्मान गरेको हो ।
धरान ८ स्थित सभागृहमा आयोजित समारोहमा प्रालिले धेरै गहना(ज्वेलरी) खरीद तीन ग्राहकलाई गोल्ड मेडलसहित सम्मान पत्रले सम्मान गर्यो । गोल्ड मेडल पाउने ग्राहकमा धरान १८ की निर्मला राई, धरान १६ की रञ्जिता बासकोटा र धारन ४ की शर्मिला ताम्रकार छन् । यसैगरि, प्रालिले सहयोगी अभिभावककोरुपमा धरान १० का देउमान लिम्बु, पुर्व गोर्खा मेजर दलबहादुर राई, प्रेमबहादुर लिम्बु, धरान ११ का सुवेदार सुकदेव राई, पेम्बा शेर्पा, धरान ४ का इन्द्रनाथ बास्तोला, धरान ५ का कमल गोयल, धरान १८ का मिनकुमार श्रेष्ठ र पोखराका मेजर लक्ष्मीप्रसाद गुरुङ छन् । उनीहरुलाई दोसल्ला अढाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।
यस्तै, प्रालिले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट हिमशिखर टिभिका गोविन्द बस्नेत, मकालु टिभीका दिनेश गजमेर र दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङलाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही ११ हजार एक सय एघार रुपैयासहित सम्मान पत्र दिइएको थियो । कार्यक्रममा बर्षभरी न्युनतम १० हजारदेखि ८ लाख रुपैयासम्मको डिर्पाटमेन्ट स्टोरमा किनमेल गर्ने १९ सय ८८ जना ग्राहकरुलाई विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो । सोही कार्यक्रममा एक जना भाग्यशाली ग्राहकले यामाहाको रे स्कुटी पनि पाए । यसैगरि, विभिन्न शाखामा कार्यरत कर्मचारीहरुमध्ये उत्कृष्ट छानिएका २७ कर्मचारीलाई पनि गोल्ड मेडलसहित प्रसंसा पत्र प्रदान गरिएको थियो । सम्मानितहरुलाई प्रालिका अध्यक्ष शिव लामिछाने, शाखा प्रमुख मानबहादुर विश्वकर्मा, प्रमुख अतिथि एवं वाणिज्य तथा आपुर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले मेडल, सम्मानपत्र प्रदान गरेका थिए ।
यसैगरि, बराहले रगत संकलनमा पनि नयाँ रेकर्ड कायम गरेको छ । धरानको विभिन्न ५ ठाउँमा आयोजित रक्तदान कार्यक्रमबाट ७ सय १४ पिन्ट रगत संकलन भएको छ भने शनिबार नै काठमाण्डौंमा आयोजित रक्तदान कार्यक्रमबाट थप १ सय ३ पिन्ट गरी कुल ८ सय १७ पिन्ट रगत संकलन भएको प्रालिले जनाएको छ । ०५२ सालबाट सुनचादीको गरगहना बनाउने व्यापारबाट शुरु भएको बराहले धरान ५ मा आफ्नै भवनमा ज्वेलरी, डिपार्टमेन्ट स्टोर, फेन्सी तथा थान कपडा, सहकारी, रेमिट्यान्स, ट्राभल एण्ड टुर्स, पेय पदार्थ, चाइना संसार, बाल संसार, बराह किचनलगायत व्यावसाय विस्तार गरिसकेको छ भने काठमाण्डौं, पोखरा हुदै युके र हङकङसम्म व्यापार विस्तार गरिसकेको छ ।
..............

                                     नृत्यसँगै जादु

बराहले आफ्नो बार्षिकोत्सव भव्यरुपमा मनाउने क्रममा बर्षेनी नयाँपन पनि दिदै आएको छ । बार्षिकोत्सवमा गीत संगीत र नृत्य प्रस्तुत हुनु सामान्य नै हो । तर, यसपाली २१ औं बार्षिकोत्सव मनाउने क्रममा गीत, संगीत मात्रै प्रस्तुत भएन, मोडलहरुले विभिन्न जातजातीको मौलिक गहना प्रर्दशन गरे भने कलाकार एवं जादुगर महादेव त्रिपाठीको जादुले पनि सबैलाई मनोरञ्जन दिलायो । चर्चित गायक एपि शेर्पाको गीत, बराहका कर्मचारी प्रतिक कालिकोटेको प्रस्तुती पनि उतिकै दमदार थियो ।
ज्वेलरी शोमा मोडलहरुले राई, लिम्बु, मगर, आर्य, थारु, तामाङ, शेर्पा, गुरुङ र नेवार जातिको मौलिक एवं जातिय सँस्कार झल्कने गहना, पहिरनमा र्याम्प गरेका थिए । जादुगर त्रिपाठीले नृत्यसँगै जादु पस्किए भने गाइजात्रे हास्यब्यङ्ग्य प्रस्तुत गरेर पेट मिचिमिचि हास्न बाध्य बनाए । अतिथिकोरुपमा निम्त्याइएका नेपालकै अग्ला व्यक्ति राजन अधिकारी र २८ बर्षीय होचा कलाकार दिपेन शाह पनि बार्षिकोत्सवको आर्कषण बने । अग्ला राजनले स्टेजमा होचा दिपेनलाई बोक्दा सभागृह तालिको गडगडाहटले गुञ्जियो । जादुगर २ फिल्ममा नायक खेलेका होचा कलाकार दिपेनको दुवै खुट्टामा बोन म्यारोबाट पीडित भएकोले सहयोग गर्न उक्त फिल्मका निर्देशक एवं जादुगर कलाकार त्रिपाठीले सहयोगको याचना गरेका थिए । एक खुट्टाको भरमा लालबहादुर तामाङले पनि नृत्य र जादु देखाए भने हर्पिक्स बस्नेत, गंगा वरदानले पनि गित गाएका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे