पहाडी जिल्लामा परमिट विना गाडी
धरान । कानुनी व्यवस्थाको धज्जी उडाउदै कोशी अञ्चलका पहाडी ग्रामिण सडकमा व्यावसायीहरुले रुट परमिट विना नै यातायात चलाइरहेका छन् । अधिकांश सडक सवारी गुड्न उपयुक्त नभएपनि व्यावसायीहरुले सिण्डिकेट झै आलोपालो प्रणालीबाट सवारी चलाइरहेका छन् । नियम मिचेर जोखिमपुर्ण तरिकाले गाडी चलिरहे पनि नियमनकारी निकाय ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय भने आँखा चिम्लेर बसिरहेको छ ।
रुट परमिट विना गाडी चलेको थाह पाएर नि दुवै निकायले व्यावहारिकता भन्दै छुट दिइरहेको छ । पहाडी ग्रामिण भेगमा डोजर लगाएर भर्खर ट्रयाक मात्रै खुलेको ठाउँमा पनि निर्वाध गाडी चलिरहेका छन् । यस्तो बाटोमा गाडी चल्नु ज्यादै जोखिमपुर्णा हुने स्वयम व्यावसायीहरु बताउछन् । परमिट नभएको बाटोमा गाडी चलादा दुर्घटना भएर यात्रुको ज्यान गएमा विमा कम्पनीले क्षतिपुर्ति पनि दिदैन । ‘दुर्घटनाको ज्यादै जोखिम छ, दुर्घटना भइहाल्यो भने विमा दाबी गर्न अर्को समस्या छ’–एक व्यावसायीले भने–‘परमिट नभएको ठाउँमा दुर्घटना भएपनि रुट परमिट क्षेत्रमा दुर्घटना भएको भनेर विमा दाबी गछौं, नत्रभने त क्षतिपुर्ति नै पाइदैन ।’
इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार पहाडी जिल्ला तेह्रथुमको वसन्तपुर र धनकुटाको हिलेसम्म मात्रै रुट परमिट दिइएको छ । तर, व्यावसायीहरुले भने वसन्तपुर हुदै म्याङलुङ, टुटे देउराली हुदै संखुवासभाको चैनपुर र खाँदबारीसम्मै गाडी चलाइरहेका छन् । यस्तै, धनकुटाको हिलेसम्म मात्रै रुटपरमिट भएपनि लेगुवा हुदै भोजपुरसम्म व्यावसायीहरुले गाडी सञ्चालन गरिरहेको छ । हिलेबाट लेगुवा हुदै संखुवासभाको खादबारी पनि गाडी चल्छन् । यस्तै, धनकुटाको जोरपाटीदेखि चुलाचुली, सिधुवाबाट शुक्रबारे, जितपुर, हिलेदेखि छिन्ताङ, धरानदेखि राजारानी, बुधबारेलगायत थुप्रै ग्रामिण बाटोमा रुटपरमिट विना नै गाडी चलिरहेको व्यावसायीहरु नै स्वीकार गर्छन् ।
सरकारले यातायात व्यवस्थापनको लागि जिल्लामा एक समिति रहने व्यवस्था गरेको छ । उक्त समितिले भाडासमेत तोकेर सिफारिश गरेमा अस्थायी भएपनि रुट परमिट पाउछन् । तर, कोशी पहाडी जिल्लाबाट अस्थायी रुट परमिटको सिफारिश भएर नआएको यातायात कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘बाटो राम्रो बनाएर मात्रै गाडी चलाउन स्वीकृत दिने हो, तर अहिले पहाडी ग्रामिण सडकमा परमिट विना नै चलिरहेको छ । बाटो राम्रो नभएकोले जोखिम पनि छ’–पौडेलले भने–‘व्यावसायीले जर्बजस्ती नै चलाएको भन्दा पनि हुन्छ । सकेसम्म दुर्घटना नहोस्, रुटपरमिट भए नभएको चेकजाँच गर्ने र कारबाही गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो ।’
पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले परमिट नभएको बाटोमा यातायातको साधन चल्न नपाउने भएपनि व्यावहारिकता पनि हेरिनुपर्ने बताए । पहाडी ग्रामिण क्षेत्रमा रुट परमिट विना गाडी चलेकोबारे अनभिज्ञता प्रकट गर्दै केसीले त्यसरी चलेको भए गाडी नम्बर टिपेर खबर गरिदिनु भन्दै पन्छिए । ‘परमिट नभएको बाटोमा चलेर दुर्घटना भयो भने जिम्मेवारी स्वयम व्यावसायी हुनुपर्छ’–एसपी केसीले भने–‘कसरी चल्यो होला ? थाह भयो भने नम्बरसहित खबर गर्नुहोला ।’ पुर्वाञ्चल यातायात व्यावसायी संघका अध्यक्ष सरोज श्रेष्ठ परमिट विना गाडी चलेको स्वीकार गर्दै ग्रामिण सडकमा स्थानीय जनता र गाविसकै माग वमोजिम व्यावसायीले सञ्चालन गरेको बताए । सरकारले बाह्रै महिना गाडी चल्ने सडकको अवस्था तयार गरेमात्रै रुट कायम हुने भन्दै उनले अहिलेको ग्रामिण सडकमा हिउदमा मात्रै यातायात चल्ने गरेको बताए । ‘हामीले जर्बजस्ती चलाएको होइन, ट्रयाक खुलेपछि स्थानीय जनता र गाविसले नै सेवा दिनुपर्यो भनेर आग्रह गर्छन् । परमिट विना यहाँ मात्रै चलेको होइन, देशैभरिको अवस्था यस्तै छ’–उनले भने ।
रुट परमिट विना गाडी चलेको थाह पाएर नि दुवै निकायले व्यावहारिकता भन्दै छुट दिइरहेको छ । पहाडी ग्रामिण भेगमा डोजर लगाएर भर्खर ट्रयाक मात्रै खुलेको ठाउँमा पनि निर्वाध गाडी चलिरहेका छन् । यस्तो बाटोमा गाडी चल्नु ज्यादै जोखिमपुर्णा हुने स्वयम व्यावसायीहरु बताउछन् । परमिट नभएको बाटोमा गाडी चलादा दुर्घटना भएर यात्रुको ज्यान गएमा विमा कम्पनीले क्षतिपुर्ति पनि दिदैन । ‘दुर्घटनाको ज्यादै जोखिम छ, दुर्घटना भइहाल्यो भने विमा दाबी गर्न अर्को समस्या छ’–एक व्यावसायीले भने–‘परमिट नभएको ठाउँमा दुर्घटना भएपनि रुट परमिट क्षेत्रमा दुर्घटना भएको भनेर विमा दाबी गछौं, नत्रभने त क्षतिपुर्ति नै पाइदैन ।’
इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार पहाडी जिल्ला तेह्रथुमको वसन्तपुर र धनकुटाको हिलेसम्म मात्रै रुट परमिट दिइएको छ । तर, व्यावसायीहरुले भने वसन्तपुर हुदै म्याङलुङ, टुटे देउराली हुदै संखुवासभाको चैनपुर र खाँदबारीसम्मै गाडी चलाइरहेका छन् । यस्तै, धनकुटाको हिलेसम्म मात्रै रुटपरमिट भएपनि लेगुवा हुदै भोजपुरसम्म व्यावसायीहरुले गाडी सञ्चालन गरिरहेको छ । हिलेबाट लेगुवा हुदै संखुवासभाको खादबारी पनि गाडी चल्छन् । यस्तै, धनकुटाको जोरपाटीदेखि चुलाचुली, सिधुवाबाट शुक्रबारे, जितपुर, हिलेदेखि छिन्ताङ, धरानदेखि राजारानी, बुधबारेलगायत थुप्रै ग्रामिण बाटोमा रुटपरमिट विना नै गाडी चलिरहेको व्यावसायीहरु नै स्वीकार गर्छन् ।सरकारले यातायात व्यवस्थापनको लागि जिल्लामा एक समिति रहने व्यवस्था गरेको छ । उक्त समितिले भाडासमेत तोकेर सिफारिश गरेमा अस्थायी भएपनि रुट परमिट पाउछन् । तर, कोशी पहाडी जिल्लाबाट अस्थायी रुट परमिटको सिफारिश भएर नआएको यातायात कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘बाटो राम्रो बनाएर मात्रै गाडी चलाउन स्वीकृत दिने हो, तर अहिले पहाडी ग्रामिण सडकमा परमिट विना नै चलिरहेको छ । बाटो राम्रो नभएकोले जोखिम पनि छ’–पौडेलले भने–‘व्यावसायीले जर्बजस्ती नै चलाएको भन्दा पनि हुन्छ । सकेसम्म दुर्घटना नहोस्, रुटपरमिट भए नभएको चेकजाँच गर्ने र कारबाही गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो ।’
पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले परमिट नभएको बाटोमा यातायातको साधन चल्न नपाउने भएपनि व्यावहारिकता पनि हेरिनुपर्ने बताए । पहाडी ग्रामिण क्षेत्रमा रुट परमिट विना गाडी चलेकोबारे अनभिज्ञता प्रकट गर्दै केसीले त्यसरी चलेको भए गाडी नम्बर टिपेर खबर गरिदिनु भन्दै पन्छिए । ‘परमिट नभएको बाटोमा चलेर दुर्घटना भयो भने जिम्मेवारी स्वयम व्यावसायी हुनुपर्छ’–एसपी केसीले भने–‘कसरी चल्यो होला ? थाह भयो भने नम्बरसहित खबर गर्नुहोला ।’ पुर्वाञ्चल यातायात व्यावसायी संघका अध्यक्ष सरोज श्रेष्ठ परमिट विना गाडी चलेको स्वीकार गर्दै ग्रामिण सडकमा स्थानीय जनता र गाविसकै माग वमोजिम व्यावसायीले सञ्चालन गरेको बताए । सरकारले बाह्रै महिना गाडी चल्ने सडकको अवस्था तयार गरेमात्रै रुट कायम हुने भन्दै उनले अहिलेको ग्रामिण सडकमा हिउदमा मात्रै यातायात चल्ने गरेको बताए । ‘हामीले जर्बजस्ती चलाएको होइन, ट्रयाक खुलेपछि स्थानीय जनता र गाविसले नै सेवा दिनुपर्यो भनेर आग्रह गर्छन् । परमिट विना यहाँ मात्रै चलेको होइन, देशैभरिको अवस्था यस्तै छ’–उनले भने ।



Comments
Post a Comment