चेकिङमा युवामाथि लाठी प्रहार, प्रहरी ज्यादती भएको गुनासो


धरान । प्रहरीले मोटरसाइकल चेकिङको क्रममा लाठी प्रहार गरेर घाइते बनाएको एक युवाले आरोप लगाएका छन् । धरान १५ बगरकोटस्थित हुक्का हाउसका सञ्चालक सुरज राईले सोमबार राती करिब ९ बजे घर फर्कदै गर्दा चेकिङमा रहेका प्रहरीले एक्कासी लाठी प्रहार गरेको आरोप लगाएका हुन् ।
प्रहरीको लाठीबाट उनको दायाँ निधारमा चोट लागेको छ । लाठी प्रहारले घाइते भएका राईलाई थप उपचार गर्न लैजाने भन्दै प्रहरी कार्यालय पुर्याएर कुटपिट गरेको पनि पीडित पक्षले आरोप लगाएको छ । प्रहरीले भने हेल्मेट विना आएका राई चेकिङको क्रममा नरोकेपछि सो घटना भएको दाबी गरेको छ । साथै, प्रहरीले उपचार गर्न लैजान खोज्दा राई आफै नमानेको डिएसपी सञ्जयसिंह थापाको भनाई छ ।
पीडित राईका अनुसार राती करिब ९ बजेतिर बगरकोटस्थित हुक्का हाउस बन्द गरेर घर फर्कदै गर्दा सो घटना भएको थियो । धरान १५ स्थित शिक्षा सदन उच्चमावि नजिककै रहेको घरअघि पुगेपछि एक्कासी सिठी बजेको र लोडसेडिङको कारण चेकिङ थाह नपाएको उनको भनाई छ । ‘म साथीको मोटरसाइकल चलाएर घर आउदै थियौं, हेल्मेट लगाएको थिइन, गल्ती थियो तर त्यसको सजाय एक्कासी लाठी प्रहार गर्नु ठिक हो कि होइन ?’–मंगलबार इलाका प्रहरी कार्यालयमा भेटिएका उनले भने । अध्यारो र प्रहरी विजुलीको पोलमा छेलिएर उभिएको कारणले पनि प्रष्ट नदेखिएको उनको भनाई थियो ।
एक्कासी लाठी प्रहार भएपछि घर नजिक पुगेर पनि भाग्नु परेको र चेकिङमा बसेको प्रहरीले आक्रमण गरेको थाह पाएपछि राई आफन्त र स्थानीयको साथमा घटनास्थलमा फर्किए । एक्कासी लाठी प्रहार गर्नु गल्ती भएको र उपचार गर्ने भन्ने समझदारी भएपछि प्रहरी भेनमा राखेर पुनः इलाका पुर्याएपछि डिएसपीले गालीगलौज गर्दै मुक्का पनि हानेको राईको आरोप छ । डिएसपी थापाले भने धरानबाट २ वटा मोटरसाइकल हराएको कारण चेकिङ कडाई पारिएको बेला हेल्मेट नलगाई आउदा सो घटना भएको बताए । ‘चेकिङबाट भाग्न खोज्दा घटना भएको रहेछ, हिजो पनि १८ वटा मोटरसाइकल कार्वाही भएको छ, उसैलाई मात्रै किन यस्तो भयो त ?’–उनले भने–‘कार्यालय ल्याएर कुटेको होइन, मान्छे भेला पारेको हुनोले गुण्डागर्दी शैलीमा नउत्र भनेको मात्रै हो ।’
पीडित पक्ष र प्रहरीबीच मंगलबार प्रहरी कार्यालयमा छलफल भएको थियो । छलफलमा प्रहरी उपचार गरिदिने सहमति भएको पीडित पक्षको भनाई छ भने प्रहरीले त्यसबारेमा केही खुलाउन चाहेन । सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरण रोकिएको मौकामा प्रहरीले पैसा असुल्ने मात्रै ध्याउन्नमा चेकिङ गर्ने गरेको आरोप लाग्दै आएको हो । धरानमा लाइसेन्स र हेल्मेट विना अत्यधिक मोटरसाइकल चालाउने प्रवृत्ति छ । ती युवा चेकिङको क्रममा भाग्ने भएकोले प्रहरीले टाढैबाट लाठीको झटारोसमेत हान्ने गरेको मोटरसाइकल चालकहरु बताउछन् । ‘प्रहरीको ध्यान हेल्मेट र लाइसेन्स छ कि छैन भन्नेमा र जरिवाना असुल्नुमा मात्रै ध्यान छ, अरु ट्राफिक नियमबारे वास्तै गर्दैन’–धरान १५ का योगेन राईले भने ।


Comments

  1. Helmet chai kina nalagaayeko ho hamro saathin haru ley, tyo chai malai pani acchamma laagcha. Police ley yasto garcha ra tyasto garcha bhanney kura ta barsau dekhi nai thaha cha ta. Police lai mauka haami aafai dinchau...

    Tara, tyaso bhandai maa ma Police lai sahmat janaako pani pakkai haina. Police haru ta ajjha training praapta gareka hoon. K garnu huncha k garnu hudaina thaha hunu parney ho, Nepal Police ko jawaan haru. Haannu pani tauko ma nai, maarnu nai khojeko jasto cha, Paisai chaiyeko cha bhane baru Dharan Baasi haru, haami euta project chalauchau, Extra Money for the cops, Please donate bhanera...

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे