भलिवलमा छात्रमा युनाइटेड गोर्खा र छात्रातर्फ डिपोट च्याम्पियन(फोटोफिचर)


धरान । प्रथम युनाइटेड गोर्खा एकेडेमी अन्तरविद्यालय भलिवल रनिङ कप ०७० मा छात्रतर्फको उपाधि आयोजक युनाइटेड गोर्खाको बि टिम र छात्रातर्फको उपाधि डिपोट उच्चमाविले जितेको छ ।
धरान १५ स्थित युनाइटेड गोर्खा एकेडेमीको प्राङ्गणमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ आयोजकको बि टिमले कार्मेल हाई स्कुललाई हराउदै उपाधि उचाल्यो भने छात्रातर्फ डिपोटले आयोजक युनाइटेड गोर्खाको बि टिमलाई हराउदै च्याम्पियन बन्यो । छात्रतर्फको फाइनलमा आयोजकको बि टिमले ३–० को सोझो सेटमा कार्मेललाई हराएको थियो । फाइनलमा कार्मेलले आयोजकलाई क्रमश ः २५–१४, २५–१५ र २५–२० को सेटमा खेल सुम्पिएको थियो ।
यसैगरि, छात्रातर्फको फाइनल खेलमा भने डिपोटले ३–१ को सेटमा आयोजकको बि टिमलाई हराएको थियो । डिपोटले खेलको अघिल्लो दुई सेट क्रमशः २५–२३ र २५–१० ले जिते पनि तेस्रो सेटमा २५–२० ले गुमाएपछि उपाधि जित्न अर्को सेट पनि खेल्न बाध्य भएको थियो । चौथो सेटमा भने डिपोटले २५–९ को सहज जित दर्ता गराउदै छात्रातर्फको च्यम्पियन बन्न सफल भयो ।

छात्रतर्फको उपाधि विजेता युनाइटेड गोर्खाको बि ले नगद १० हजार, ट्रफी तथा मेडल हात पार्यो भने उपविजेता कार्मेल हाइस्कुलले नगद ७ हजार, उपविजेता ट्रफी तथा मेडल थाप्यो । यसैगरी, छात्रातर्फको विजेता डिपोटले पनि नगद १० हजार, ट्रफी र मेडल हात पार्यो भने उपविजेता युनाइटेड गोर्खाको बि टिमले नगद ७ हजार, ट्रफी र मेडल थाप्यो । यस्तै, प्रतियोगितामा छात्रतर्फ तेस्रो भएको डिपोट उच्चमाविले नगद ५ हजार, ट्रफी पायो भने छात्रातर्फ तेस्रो भएको आयोजक युनाइटेड गोर्खा एकेडेमीको ए टिमले पनि नगद ५ हजार, ट्रफी थाप्यो ।
यसैगरि, प्रतियोगितामा छात्रतर्फ युनाइटेड गोर्खा एमेडेमीका सुविहाङ राईले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार हात पारे भने कार्मेलका मोहन राईले वेष्ट डिफेन्स तथा लिफ्टर र पूर्वक्षेत्रीय प्रहरी आवासिय माविका नितेश चौधरीले वेष्ट स्पाइकरको पुरस्कार थापे । यस्तै, छात्रातर्फ युनाइटेड गोर्खा एकेडेमीकी सुम्निमा राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् भने सुम्निमा बोर्डिङ स्कुलकी विनिता बराइलीले वेष्ट डिफेन्स तथा लिफ्टर र डिपोटकी निनु राईले वेष्ट स्पाइकरको पुरस्कार हात पारिन् । यस्तै, छात्रातर्फ फाइनल खेलको म्यान अफ दि म्याच डिपोटकी ममता राईले हात पारिन् ।

विजेता स्कुलका खेलाडीहरुलाई आयोजक विद्यालयका अध्यक्ष नारायण प्रसाद राई, प्रमुख अतिथि एवं धरान स्रोत व्यक्ति खेमचन्द्र सुवेदी, प्रिन्सिपल पेम्बा शेर्पा, एनप्याब्सन सहसचिव सागर खड्का, विद्यालय सञ्चालकद्धय जयकुमार राई, श्याम राई, खत्रीबम खानेपानी उपभोक्ता समितिका अध्यक्ष पर्वत राईलगायतले नगद तथा ट्रफी पुरस्कार वितरण गरेका थिए । युनाइटेड गोर्खा एकेडेमीको आयोजनामा माघ १५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता लिग कम नकाउटको आधारमा खेलाइएको थियो । प्रतियोगितामा छात्रतर्फ ६ टिम र छात्रातर्फ ५ टिम सहभागी भएको आयोजक विद्यालयका सञ्चालक जयकुमार राईले बताए । उनका अनुसार विद्यार्थीहरुलाई सक्रिय बनाउने, निजी विद्यालयहरुबीच स्वस्थ्य प्रतिस्पर्धा एवं सम्बन्ध सुमधुर बनाउने उद्देश्यले शुरु गरिएको प्रतियोगितालाई भविष्यमा पनि निरन्तरता दिइनेछ ।
























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे