मेडिकल कलेजको अनुगमनमा अख्तियार र काउन्सिल


धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मेडिकल काउन्सिलको संयुक्त टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन शुरु गरेको छ ।
भौतिक पूर्वाधार एवं स्रोत, साधान पर्याप्त भए नभएको बिषयमा अख्तियार र काउन्सिलको संयुक्त केन्द्रीय टोलीले प्रतिष्ठानमा मंगलबारदेखि अनुगमन शुरु गरेको हो । मेडिकल माफियाको चंगुलमा फसेर जथाभावी सम्बन्धन दिदा केही मेडिकल कलेजहरुले न्युनतम मापदण्ड पुरा नगरेको र जनशक्ति पनि केही समयको लागि भाडामा ल्याएको खुलेपछि अख्तियार र काउन्सिलको टोली मेडिकल कलेजहरुको अनुगमनमा निस्किएको बताइएको छ । प्रतिष्ठानले नियमित प्रक्रिया अन्र्तगत टोली आएको बताएपनि अख्तियारले भने प्रतिष्ठानको समग्र बिषयमा छानबिन हुने जनाएको छ । यद्यपी, टोलीमा संलग्न अख्तियार कर्मचारीहरु ‘भित्रि कुरा’ भएकोले बोल्न नमिल्ने बताउछन् । ‘भित्रि कुरामा प्रवेश छ, त्यसैले बोल्नै मिल्दैन’–टोलीमा रहेका अख्तियारका एक कर्मचारीले भने ।
अख्तियारको उपसचिव लक्ष्मी निरौलाको नेतृत्वमा आएको ६ जनाको टोली बिहिबारसम्म प्रतिष्ठानको आवश्यक अनुगमन गर्नेछ । यो केन्द्रीय टोलीमा अख्तियारको क्षेत्रीय कार्यालयका २ जना कर्मचारी पनि सम्मिलित छन् । अख्तियारका पूर्वाञ्चल क्षेत्रीय प्रमुख हरिराज पन्तले भने मुख्य ४ वटा बिषयमा छानबीन गर्न काउन्सिललाईसमेत लिएर अख्तियारको केन्द्रीय टोली प्रतिष्ठान आएको बताए । ‘एउटा मात्रै बिषयमा होइन, भर्ना, प्रशासन, लेखा, नियुक्तिलगायतको बिषयमा छानबीन गर्न टोली आएको हो’–क्षेत्रीय प्रमुख पन्तले भने ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.बीपी दासले भने सामान्य प्रक्रियाअनुसार अख्तियार र काउन्सिलको टोली आएको दाबी गरे । ‘सबै मेडिकल कलेजहरुमा टोली गइरहेको छ, यो सामान्य प्रक्रिया हो’–उपकुलपति दासले भने । सरकारले तोकेको मापदण्ड मेडिकल कलेजहरुले पुरा गरे, नगरेको एवं भौतिका पूर्वाधार तथा जनशक्ति भए नभएको बिषयमा अनुगमन गर्न टोली आएको प्रतिष्ठानका डेपुटी मेनेजर एवं लेखा प्रमुख दिनेशराज दाहालले दाबी गरे । ‘भौतिक पूर्वाधार, विद्यार्थी संख्याअनुसार फ्याकल्टि जनशक्ति छ छैन ? वेड संख्या, मेशिनहरु पर्याप्त छ छैन भनेर अनुगमन गर्न आएको हो’–दाहालले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे