पूर्वाञ्चल स्टार-२ गायनमा उत्कृष्ट २५ छनौट


धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्न सञ्चालन भइरहेको पूर्वाञ्चल स्टार–२ को चौथो चरणबाट २५ जना प्रतियोगीहरु अघिल्लो चरणको लागि छनौट भएका छन् ।
धरान ९, आचार्यलाइनस्थित सुनसरी गीत गजल तथा लोकदोहोरी साँझको हल मा बिहिबार आयोजित अडिशनबाट उत्कृष्ट २५ जना प्रतियोगीहरु छनौट भएका हुन् । चौथो चरणमा विभिन्न जिल्लाका ४० जना प्रतियोगीहरु सहभागी थिए । टप २५ मा छनौट हुनेहरुमा सबैभन्दा बढी ६ जना उदयपुर जिल्लाका प्रतियोगीहरु छन् । उदयपुरबाट सृजना राई, निरज राई, टिकाराम राई, राकेश माले, मुकेश घतानी र पुष्पराज बसेल छनौट हुन सफल भएका छन् ।
यसैगरि, सुनसरी जिल्लाबाट विनोद तामाङ, कौशिला लिम्बू, हिमाली सुब्बा र उत्तम राई गरि ४ जना छनौट भएका छन् भने संखुवासभाबाट खगेन्द्र कार्की ढोली, वसन्त याक्खा र राज कटवाल गरि ३ जना चयन भएका छन् । यस्तै, झापा जिल्लाबाट पनि रविना निरौला, सन्तोष रसाइली र सञ्जिता गुरागाई गरि ३ जना प्रतियोगी नै छनौट भएका छन् । इलाम, धनकुटा, भोजपुर र तेह्रथुमबाट २–२ जना प्रतियोगी चयन भएका छन् भने ताप्लेजुङबाट एक जना मात्रै टप २५ मा छनौट हुन सफल भएका छन् ।
इलाम जिल्लाबाट पुरन तामाङ र तारामान राई छनौट भएका छन् भने धनकुटाबाट उपेन्द्र लिम्बू र विश्वास तामाङ चयन भएका छन् । यसैगरि, भोजपुरबाट मिलन सुन्दास र रामध्वज राई, तेह्रथुमबाट हरि लुँइटेल र रितु लिम्बू चयन भएका छन् भने ताप्लेजुङबाट प्रकृति थलङ चयन हुन सफल भएकी छिन् । चौथो चरणमा प्रतियोगीहरुले ट्रयाकमा आफ्नै रोजाईका गीत प्रस्तुत गरेका थिए । चर्चित गायक ए.पि.शेर्पा र किसोर थुलुङ निर्णायककोरुपमा रहेका थिए ।
टप २५ मा छनौट भएका प्रतियोगीहरुको फागुन २४ गते पाँचौ चरणको अडिशनमा सहभागी हुने कार्यक्रम संयोजक तथा गायक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार उत्कृष्ट २५ मा छनौट भएकाहरुको लागि भने अब निर्णायकको मतसँगै एसएमएस भोटिङको आधारमा पनि छनौट गरिनेछ । ‘टप २५ बाट एसएमएस भोटिङ र निर्णायकको मतको आधारमा चयन हुनेछन्’–संयोजक राईले भने । युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर पूर्वाञ्चल बगिना कलाकेन्द्रले पूर्वाञ्चल स्टार आयोजना गरेको हो ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे