संगीतमय मिस पूर्वाञ्चल


धरान । बौद्धिक एवं बाहिरी सौन्दर्य क्षमताले पाँचौ मिस पूर्वाञ्चलको ताज कसले पहिरिएला भन्ने कौतुहलता बोकेर पूर्वका विभिन्न ठाउँबाट दर्शकहरु निर्धारित समयमै सभागृह पुगिसकेका थिए ।
चार बजे कार्यक्रम शुरु हुने भनिएतापनि निर्धारित समयमा कार्यक्रम शुरु गर्न आयोजक हतारिएनन् । करिब ढेड घण्टापछि बल्ल कार्यक्रम शुरु भयो । त्यसपछि दर्शकहरुले पूर्वेली सुन्दरीहरुको प्रतिभा मात्रै देख्न पाएनन्, स्थानीय एवं चर्चित राष्ट्रिय कलाकारहरुको प्रत्यक्ष प्रस्तुतीबाट पनि भरपुर मनोरञ्जन लिन पाए । शुरुमा गायकहरुको प्रस्तुतीले मिस पूर्वाञ्चललाई अवरोध गरेझै ठानेका दर्शकहरुले अन्त्यसम्म पुग्दा भने आफुलाई संगीतमय वातावरणमा ढालिसकेका थिए ।
पहिलो राउण्ड सकिएलगत्तै स्टेजमा देखा परे, गायक एपी शेर्पा । उनले खबर एल्वमबाट के छ हौ हजुरको खबर..गाउदै सुन्दरी प्रतियोगितालाई संगीतमय बनाउन शुरुवात गरे । त्यसपछि, डम्फु बजाउदै बोलको तामाङ शैलीको गीत गाए । दुई वटा गीत सकेर स्टेज छोड्न लागेका उनलाई आयोेजकले थप एउटा गीत गाउन लगाएपछि भने दर्शकदीर्घाबाट हुटिङ शुरु भयो ।
गायक शेर्पापछि निर्णायकहरुले छनौट गरेको टप १० सुन्दरीहरुको लिष्ट सार्वजनिक गरियो । त्यसपछि, कार्यक्रम सञ्चालिकाले पुनः गायक सोनम पाख्रिनलाई स्टेजमा बोलाए । उनले यस्तै नै छ भाग्या..र किन यति रिसाउछौं..बोलको गीत गाए । उनी पछि स्थानीय गायक बविन लिम्बू आए । दुवै गायकले सभागृहमा खचाखच दर्शकहरुको मन जित्न हरसम्भव प्रयास गरे । तर, मिस पूर्वाञ्चलको ताजमा ध्यान गएका दर्शकहरु त्यति खुशी थिएनन् । पुनः टप १० बाट अन्तिम चरणको लागि पाँच जना प्रतियोगिहरुको नाम सार्वजनिक गरियो । मुख्य निर्णायकले प्रश्न सोधे, टप ५ ले ३ मिनेटभित्र जवाफ लेखिसके । त्यसको निर्णय पर्खिनु पर्ने भयो ।
समय कसरी कटाउने ? त्यसअघि, गायकहरुलाई दर्शकले त्यति रुचाएका थिएनन् । तर, जब फाइनलको रिजल्ट अघि उद्घोषिकाले निर्णायकसमेत रहेका गायक राजेश पायललाई स्टेजमा बोलाए, तब भने स्वागतमा गडगडाहट तालिले सभागृह जुरुक्कै उचालियो । निर्णायक भएर बसेकोले कसैलाई आइलभयु भन्न नपाएको ठट्टा गर्दै गायक राजेश पायलले बसैको हरन..घुम्न जाउ धरान..भनेर एकलाइन गाएपनि ट््रयाकमा भने सर सर..बोलको गीत गाए । त्यसपछि उनले दर्शककै रोजाईमा सागर सरी चोखो माया..बालेको गीत गाएर विदा लिए । उनी अघिका गायकलाई त्यति नरुचाएका दर्शकले राजेशलाई भने वान्स मोर..को नारा लगाइरहेपनि समयअभावले उनले थप गीत भने गाएनन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे