गल्फको क्षेत्रीय छनौट प्रतियोगिता शुरु


धरान । प्रथम राष्ट्रिय लुम्बिनि च्याम्पियनसिपअन्र्तगतको आयोजना हुन लागेको गल्फ प्रतियोगितामा सहभागीताको लागि पूर्वाञ्चलबाट खेलाडी छनौट शुरु भएको छ ।
धरानस्थित निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरुवात भएको हो । प्रतियोगितामा पूर्वाञ्चलका २१ जना खेलाडीहरुले सहभागीता जनाएका छन् । स्ट्रोक प्लेको आधारमा शुरु भएको छनौट प्रतियोगिताको पहिलो दिन तीन खेलाडी भने बाहिरिएका छन् । शनिबार हुने अन्तिम छनौट खेलमा अब १८ जना मात्रै सहभागी हुनेछन् । उत्कृष्ट ३ जना खेलाडीले छनौट भएर पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछ ।
पहिलो दिन १८ होलको खेल सकिदा ४ ओभर ७४ कार्ड बनाउदै विरेन्द्र लिम्बू अग्रस्थानमा छन् । उनीभन्दा एक स्ट्रोकले पछि परेका युवराज भुजेल ५ ओभर ७५ स्कोरका साथ दोस्रो स्थानमा छन् भने हरिबहादुर राई ६ ओभर ७६ स्कोरका साथ तेस्रो स्थानमा रहेका छन् । छनौट हुन सफल ३ खेलाडीले पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै चैत ५ र ६ मा रोयल नेपाल गल्फ क्लबमा राष्ट्रिय प्रतियोगिता खेल्ने सुनसरी गल्फ संघका सचिव तिलक राईले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे