मारुती भेनका मालिक लागुऔषध कारोबारमा

धरान । लागुऔषध ओसारपसारमा संलग्न मारुती भेनसहित एक युवा पक्राउ परेका छन् । मारुती भेनमा लागुऔषध ल्याउदै गरेका धरान १५ का २८ बर्षीय बन्दन लिम्बुलाई प्रहरीले शुक्रबार तीनकुनेबाट पक्राउ गरेको हो ।
उनको साथबाट २ सय १० थान नरजेसिक, डाइजोलाव र एभिल बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मारुती भेनमा लागुऔषध ल्याउदै गरेको सुचना पाएपछि तीनकुनेमा चेकजाँच कडाई गर्दा लिम्बू समातिएको डिएसपी सञ्जयसिंह थापाले बताए ।
डिएसपी थापाका अनुसार लिम्बूले चलाउने गरेको को १ ज नम्बरको भारुती भेनका मालिक पनि उनी आफै हुन् । चेकिङको क्रममा लिम्बूले मारुती भेन भगाउन खोज्दा रोकिराखेको को १ च ५९४९ नम्बरको अर्को मारुतीलाई ठक्कर दिएका थिए । भाग्न खोजे पनि लिम्बू प्रहरी घेराबाट उम्कन भने सकेनन् । पक्राउ परेका लिम्बू आफै पनि लागुऔषध प्रयोगकर्ता रहेको र ओसारपसारमा पनि संलग्न भएको प्रहरीको दाबी छ । उनलाई लागुऔषध ऐनअन्र्तगत कानुनी कारबाही शुरु गरिसकेको डिएसपी थापाले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे