८ किलो गाँजासहित एक पक्राउ


धरान । विष्णुपादुका गाविसबाट धरानतर्फ ल्याउदै गरेको गाजासहित प्रहरीले एक कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले विष्णुपादुका ६, माछामाराका ४२ बर्षीय डिल्लीराम राईलाई गाँजासहित पक्राउ गरेको हो ।
उनको साथबाट ८ केजी ५ सय ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । डिएसपी सञ्जयसिंह थापाका अनुसार राईलाई बिहिबार बिहान ६ बजे सर्दु खोला किनारबाट पक्राउ गरिएको हो । उनलाई लागुऔषध कारोबारअन्र्तगत मुद्दा चलाइएको र ३ दिनको म्याद थप भइसेको पनि डिएसपी थापाले बताए । ठुलो परिमाणमा गाँजा धरान ल्याउदै गरेको सुचनाको आधारमा प्रहरीले सई मोहनलाल आगा श्रेष्ठको कमाण्डमा १० जनाको टोली खटाएको थियो ।
जेब्रा झोलामा बोकेर धरान आउदै गरेका राईलाई पक्राउ गर्नेक्रममा प्रहरी जवान गणेश खड्काको हातमा टोकेर फुत्किएका थिए । प्रहरीमाथि ढुंगा प्रहार गर्दै भाग्ने प्रयास गरेका राईलाई प्रहरीले खेदेरै भएपनि पक्राउ गरेको डिएसपी थापाले बताए । लागुऔषध नियन्त्रण ऐनअनुसार २ केजीदेखि १० केजीसम्मको गाजा वरामद भएमा एक बर्षदेखि ३ बर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे