बीपी प्रतिष्ठानको १० औं दिक्षान्त सम्पन्न(फोटोफिचर)


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १० औं दिक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । समारोहमा विभिन्न संकायका कुल ४ सय ९७ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।
समारोहमा एमडि/एमएसतर्फ १ सय २४ जना दिक्षित भएका छन् भने एमएसी(बेसिक)तर्फ १२ जना, एमएस्सी नर्सिङतर्फ ७ जना, एमपिएचतर्फ २० जना दिक्षित भएका छन् । यसैगरि, एमबिबिएसतर्फ १ सय ९५ जना, बिडिएसतर्फ ७९ जना, बिएस्सी नर्सिङतर्फ ३७ जना, बिएस्सी एमएलटीतर्फ १९ जना र बिएस्सी ओटितर्फ ४ जना विद्यार्थी बुधबार दिक्षित भएको प्रतिष्ठानले जनाएको छ । दिक्षान्त समारोह गोकुल एजुकेशन फाउण्डेशन वंैगलोर भारतका कार्यकारी निर्देशक प्रा.डा.के.एन. शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कुलपतिको हैसियतमा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, सहकुलपति एवं शिक्षामन्त्री विद्याधर मल्लिक पनि समारोहमा उपस्थित थिए । विद्यार्थीहरुलाई कुलपति रेग्मीले दिक्षित गरेका थिए ।
प्रतिष्ठानमा हाल कुल एक हजार ५ सय ७७ जना विद्यार्थीहरु अध्ययनरत छन् । तीमध्ये ८ सय ६६ छात्रा र ७ सय ११ छात्र छन् । कुल विद्यार्थीमध्ये एक हजार ३ सय ८७ जना नेपाली र एक सय ९० जना विदेशी विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हालसम्म विभिन्न विद्यामा २ हजार ७ सय ४४ जना जनशक्ति उत्पादन गरिसकेको छ । जसमा एमडि/एमएसमा ५ सय ३६, एमएस्सीमा ८० जना, एमपिएचमा ६० जना उत्पादन भइसकेका छन् । यसैगरि, एमबिबिएसमा ८ सय ८० जना, बिडिएसमा ३ सय ५२ जना, बिएस्सी नर्सिङमा २ सय ३ जना, बिएस्सी एमएलटिमा ५८ जना र बिएस्सी एमआइटिमा ४७ जना छन् । साथै, प्रमाणपत्र तह नर्सिङमा ४ सय ७२ जना र प्रमाणपत्र तह अप्रेशन थिएटर एलाइड साइन्समा ४८ जना, विएस्सी.ओ.आइ.टी. एण्ड एलाइट हेल्थ साइन्समा ८ जना जनशक्ति प्रतिष्ठानबाट उत्पदान भइसकेका छन् ।
......

                       सर्वोत्कृष्ट विद्यार्थीहरुलाई पदक


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट अंक ल्याएर उर्तीण हुने विद्यार्थीहरुलाई विभिन्न विद्यामा स्वर्ण पदक तथा पुरस्कार प्रदान गरेको छ । एमबिबिएस कार्यक्रमअन्र्तगत समग्रमा उच्चतम अंक ल्याउने डा.तुलसा बस्नेत(एमबिबिएस ००६ ब्याच) र डा.नविनराज कार्की(एमबिबिएस ००७ ब्याच)ले उपकुलपति स्वर्ण पदक पाएका छन् ।
यस्तै, एमबिबिएसतर्फ नै उच्च अंक ल्याउने डा.तुलसा बस्नेत र डा.गरिमा सिंहले नारायण गोविन्द स्वर्ण पदक पाए । यसैगरि, एमबिबिएसतर्फ सर्जरी बिषयमा उच्चतम अंक ल्याउने डा.अनिष न्यौपाने र डा.नविनराज कार्कीले दुवैले डा.अबध नारायण स्मृति पुरस्कार प्राप्त गरे । उत्कृष्ट सबै छात्र एवं छात्राहरुलाई प्रतिष्ठानका कुलपति तथा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले पदक एवं पुरस्कार प्रदान गरेका थिए ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे