१० औं धरान सडक उत्सवको तयारी पुरा

धरान । ‘घुम्न जाउँ धरान’ भन्ने नारासहित दुई दिन पछि शुरु हुने दशौं धरान सडक उत्सव ०७० को तयारी अन्तिम चरणमा पुगेको छ ।
तीन दिने सडक उत्सवको आयोजनास्थलमा बुधबारदेखि स्टल निर्माणको काम शुरु भएको छ भने प्रचारप्रसार तथा प्रर्वद्धनलगायतका अन्य कामहरु पनि अन्तिम चरणमा पुगेको आयोजक होटल एशोसिएशन अफ धरानले जनाएको छ । सधै भानुचौकदेखि छाताचोकसम्मको सडकमा लाग्दै आएको उत्सव यो पटक भने पुतलीलाइन सडकखण्डमा लाग्ने तयारीमा छ । सडक उत्सव यही माघ २४, २५ र २६ गते आयोजना हुदैछ ।
‘उत्सवको तयारी अन्तिम चरणमा छ, अन्य कामहरु तीब्र भइरहेको छ र आजदेखि स्टल निर्माणको काम पनि थालिएको छ’–एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठले भने । विगत दुई बर्षदेखि आयोजना हुन नसकेको सडक उत्सवमा आन्तरिक एवं बाह्य पर्यटकहरुलाई भित्र्याउन विभिन्न जिल्लाका होटल व्यावसायी संघका प्रतिनिधिहरुलाई धरानमा भेला पारेर ती जिल्लामा प्रर्वद्धनात्मक कार्यक्रम गर्ने जिम्मा दिइएको पनि उनले जानकारी दिए ।
उत्सवस्थलमा सय भन्दा बढी व्यापारीक स्टलहरु रहनेछन् । ती मध्ये १० वटा आदिबासी जनजाति महासंघलाई निःशुलक दिइने र त्यहाँ विभिन्न जनजातिहरुको सँस्कृतिक एवं खानाका परिकारहरु प्रमुख आर्कषण रहने आयोजकले जनाएको छ । ती स्टलहरुमा जातीय संघसंस्थाहरुले आफ्नो सँस्कृतिक नाच प्रर्दशन गर्नसक्ने व्यवस्था पनि मिलाइने आयोजकको भनाई छ । तीन दिनअवधिमा वेटर दौड प्रतियोगिता, मःम खाने प्रतियोगिता, नेपाली वाइन पिउने प्रतियोगिता, केक खाने प्रतियोगिता, दुध पिउने प्रतियोगिता, डोरी तान प्रतियोगिता, कोरियन खाना खाने, जातीय खाना खाने प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्म्क एवं पर्यटन प्रर्वद्धन हुने कार्यक्रमहरु पनि आयोजना गरिने मुल संयोजक सरोज भटराईले बताए । उत्सव अवधिमा धरानका होटलमा खानाको परिकारमा १० प्रतिशत र लजमा १५ प्रतिशत छुट दिने पनि घोषणा गरेको छ ।

                         खानेकुराको सस्तो मुल्य राख्छौ


         सुवर्ण श्रेष्ठ, अध्यक्ष
हेटल एशोसिएशन अफ धरान 


प्रश्न:  सडक उत्सवको तयारी कुन चरणमा पुगेकोछ ?
उत्तर:  हामी सबै मिलेर लागिपरेका छौं, अन्तिम चरणका कामहरु भइराखेको छ । आजदेखि स्टलहरु पनि बनाउन शुरु भइसकेको छ ।

प्रश्न: सडक उत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
उत्तर: मुख्य उद्देश्य भनेको धरानको पर्यटन प्रर्वद्धन गर्नु नै हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई धरानबारेमा जानकारी गराउनु र धरानको पहिचान दिनु हो ।
प्रश्न:उत्सवमा के आर्कषण रहन्छ ?
उत्तर: यहाँका विभिन्न जातजातिहरुलाई स्टल उपलब्ध गराएका छौं, त्यहाँ ती जातजातिहरुको मौलिक परिकार चाख्न पाइनेछ । यहाँ जनजातिहरुको सँस्कृति हेर्न पाइनेछ, त्यस्तै हस्तकला, चित्रकला, माउण्टेन बाइकिङ पनि आर्कषण रहन्छ ।

प्रश्न: सडक उत्सवमा महंगो खानेकुरा हुन्छ भन्ने गुनासो सुनिन्छ, यसपटक के होला ?
उत्तर: त्यही गुनासो सुनेर नै यसपटक सर्वसाधारण तथा पर्यटकहरुलाई राहत दिलाउन केही जेनरल आइटमहरुको मुल्यलाई सस्तो राखेर एकरुपता दिनेछौं । जस्तो कि केटाकेटीदेखि बुढाबुढीसम्मले खान मन पराउने चाउमिन, मम, पखेटा, ससेज जस्ता परिकारको मुल्य सस्तो दर तोकिनेछ र ती बिक्री हुने स्टलमा त्यही दररेटमा मात्रै बेच्न पाइनेछ । यसबाहेक तीन दिन एशोसिएनमा आवद्ध धरानको रेष्टुरेष्टमा पर्यटकहरुलाई खानामा १० प्रतिशत र लजमा १५ प्रतिशत छुट पनि दिइनेछ ।
 ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे