टोपी दिवस मनाउदै शनिबार धरानमा र्याली निकालिने
धरान । राष्ट्रिय सँस्कृति राष्ट्रिय शान, यसलाई जोगाउने हाम्रो अभियान भन्ने नारा दिएर शनिबार धरानमा नेपाली टोपी दिवस मनाइने भएको छ । द आर्ट अफ लिभिङ्ग नेपाल, धरान च्याप्टरले मार्च १ लाई राष्ट्रिय टोपी दिवसकोरुपमा मनाउन लागेको हो । संस्थाले टोपी दिवस मनाउने क्रममा शनिबार बिहान आयोजना हुने र्यालीमा नेपाली टोपी लगाएर सहभागी हुन सर्वसाधारणहरुलाई आह्वान गरेको छ । संस्थाका धरान च्याप्टर संयोजक वृदिचन्द अग्रवालले राष्ट्रियताको भावना जगाउनको लागि टोपी दिवस मनाउन लागिएको बताए । मार्च १ को दिन सबै नेपालीले टोपी लगाइदिन पनि उनको आग्रह छ ।

धरानेहरुको भव्य स्वागतसँगै शिरमा टोपी लगाइदिएपछि रवि शंकरले मार्च १ तारिखलाई नेपाली टोपी दिवसकोरुपमा मनाउन आग्रह गरेका थिए । ‘म जहाँ रहेपनि आजको दिन(मार्च १ ) लाई टोपी दिवसकोरुपमा मनाउनुस्, यो दिन मात्रै भएपनि तपाईहरुले टोपी लगाउनुस्’–रवि शंकरले त्यतिबेला भनेका थिए । उनले घोषणा गरेको यही मार्च १ तारिखलाई नेपालमा द आर्ट अफ लिभिङ्गले नेपाली टोपी दिवसकोरुपमा यो बर्षदेखि मनाउन लागेको हो ।
Comments
Post a Comment