आज फाइनलमा हिमशिखर र नवोदय भिड्दै

धरान । प्रथम जिल्लाव्यापी माविस्तरीय फुटबल प्रतियोगितामा तरहराको हिमशिखर बोर्डिङ स्कुल र धरानको नवोदय उच्चमावि फाइनल प्रवेश गरेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खैल मैदानमा शनिबार भएको सेमीफाइनल खेलमा हिमशिखरले धरानको सेन्ट जोफेस स्कुललाई हराउदै र नवोदयले प्रकाशपुरको राजबास बोर्डिङ स्कुललाई हराउदै फाइनलमा भेट पक्का गरेको हो । शनिबार भएको पहिलो सेमीफाइनल खेलमा हिमशिखरले २–१ गोलअन्तरले सेन्ट जोसेफलाई हराउदै उपाधि नजिक पुग्यो । हिमशिखरको लागि पहिलो हाफको १४ औं मिनेटमा सुसन लामाले गोल गरेका थिए भने दोस्रो हाफको ७ औं मिनेटमा रोशन राईले विजयी गोल गरेका थिए । पहिलो हाफको १० औं मिनेटमा पवन राईले गरेको गोल सेन्ट जोफेसको लागि सान्त्वना मात्रै भयो । हिमशिखरका रोशन राईले पेनाल्टी अवसर खेर फालेका थिए । डि एरियामा ह्याण्ड वल भएपनि पाएको पेनाल्टी प्रहारलाई सेन्ट जोसेफका गोलकिपरले रोकेका थिए । सो खेलको म्यान अफ दि म्याच घोषित हिमशिखरका गगन अधिकारीले मेहर कलेक्सनको तर्फबाट टि सर्ट उपहार पाए ।
यसैगरि, दोस्रो सेमीफाइनल खेलमा नवोदयले १–० को झिनो गोलअन्तरले राजबासलाई हराउदै फाइनलमा स्थान पक्का गर्यो । खेलको एक मात्र निर्णायक गोल नवोदयका ऋतिक भटराईले गरेका थिए । दोस्रो हाफको २० औं मिनेटमा निर्णायक गोल गरेका ऋतिक नै सो खेलको म्यान अफ दि म्याच घोषित हुदै टि सर्ट हात पारे । नेपाल विद्यालय फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल आज आइतबार तरहराको हिमशिखर र धरानको नवोदयबीच हुनेछ । फाइनल खेलअघि नेपाल पत्रकार महासंघको टोली र आयोजकबीच मैत्रीपुर्ण खेल हुने संघका केन्द्रीय सदस्य नविन राईले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे