तीन दिने अनलाइन आइटी मेला हुने



धरान । कम्प्युटर तथा सुचना प्रविधिबारे पढाईसँगै बिक्रीवितरण गर्दै आएको धरानस्थित अनलाइन कम्युटरले आइटी मेला आयोजना गर्ने भएको छ । अनलाईनले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर यही फागुन १८ गतेदेखि तीन दिने अनलाइन आइटी मेला आयोजना गर्ने जानकारी दिएको छ । सन् २००१ मा स्थापना भएको अनलाइनले मार्च ३ लाई बार्षिकोत्सवकोरुपमा मनाउदै आएको छ । ‘बार्षिकोत्सव मनाउने क्रममा हामीले नयाँ प्रविधिहरुसँग साक्षात्कार गराउने उद्देश्यले आइटी शो गर्दै आइरहेका थियौं, शोलाई नै हामीले परिष्कृत गरेर आइटी मेलाको रुपमा आयोजना गर्ने तयारीमा छौं’–अनलाइनका प्रबन्ध निर्देशक प्रदिप दाहालले भने ।
उनका अनुसार मेलामा विगतका बर्षहरुमा कस्ता टेक्नोलोजीहरु प्रयोगमा आए र भविष्यमा कस्ता टेक्नोलोजीहरु आउदैछ भनेर आमजनतालाई आइटीमैत्री बनाउने उद्देश्यले मेला आयोजना गरिन लागेको हो । मेलामा सुचना प्रविधिका पछिल्ला उपलब्धीहरुलाई प्रर्दशन गरिनुका साथै सस्तो एवं सुलभ मुल्यमा विक्रीवितरण पनि गरिनेछ । ‘डेल, एसर, एसस, एचपिलगायत चर्चित ब्राण्डका ल्यापटप, ट्याब्लोइट पिसि, विभिन्न ब्राण्डका इन्टरकम, पेनड्राइभ, हार्डडिस्कलगायत प्रर्दशनी र बिक्रीमा रहनेछन्, यी सबैमा क्यास छुट दिइनेछ’–दाहालले भने–‘सिसिटिभी, क्यामेरा, एलसिडि, एलइडि, वायरलेसलगायत राखिनेछन् ।’


बार्षिकोत्सवको अवसरमा लाग्ने मेलामा नोट ३२ नामको इन्टरनेट सेक्युटिरी एन्टी भाइरसको पनि लञ्च गरिनेछ । यो फाइभ इन वान प्याकेजमा सर्वसाधारणले उपयोग गर्न सक्ने अनलाइनले जनाएको छ । यस्तै, ५० वाट मात्रै विजुली अथवा सोलर पावरले चल्ने ताइवानको फक्स कर्न कम्पनीले उत्पादन गरेको न्यायो पिसी नामको डेस्कटप कम्प्युटरको पनि बिशेष प्रर्दशन हुने प्रबन्ध निर्देशक दाहालले जानकारी दिए । बार्षिकोत्सवको अवसमा आइटी मेलाबाट नै माइक्रोसष्ट(एमसिएचसि÷एमसिएच), सिस्को, लिनक्सलगायत विश्वव्यापी कम्पनीबाट मान्यताप्राप्त कोर्षको पनि औपचारिक शुरुवात गरिने अनलाइनले जनाएको छ । छ महिने कोर्ष अध्ययन गर्न चाहनेलाई बेसिक कोर्ष, आवश्यक पुस्तक, इन्टरनेट वायरलेस राउटर,सिडि, विन्डोज ८ को सक्कली सिडीलगायत छात्रवृत्तिकोरुपमा निःशुल्क उपलब्ध गराइने अनलाइनले जनाएको छ । ‘हामी ६ महिने कोर्ष पढाउछौं,त्यो सकेपछि अनलाइन परीक्षा दिनुपर्छ । पास भएपछि विश्वव्यापी कम्पनीबाट प्रमाणपत्र पाइन्छ, त्यो विश्वको जुनसुकै कुनामा पनि बिक्छ’–दाहालले भने–‘अनलाइनबाट परीक्षा दिन नसक्ने हो भने सिटिभिटीको परीक्षा दिन पनि मिल्छ, त्यसको प्रमाणपत्र नेपालभरी काम लाग्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे