दशौं सडक उत्सवको उद्घाटन(फोटोफिचर)


धरान । ‘घुम्न जाउँ धरान’ भन्ने नारासहित दशौं धरान सडक उत्सव ०७० को शुक्रबारदेखि शुरु भएको छ ।
तीन दिने सडक उत्सवको शुक्रबार एक समारोहबीच कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी ) यादवराज खनालले गरे । भानुचौकमा आयोजित उद्घाटन समारोहमा दश पाउण्डको केक काटेर एसएसपी खनालले उत्सवको उद्घाटन गरेका थिए । समारोहका अतिथि वक्ताहरुले पर्यटनको विकासबाट मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव हुनेमा जोड दिएका थिए । साथै, पर्यटन प्रर्वद्धनमा सरोकारवाला सरकारी तथा नीजि क्षेत्रले एक भएर अघि बढ्नुपर्नेमा पनि वक्ताहरुले जोडदिएका थिए ।
समारोहमा प्रमुख अतिथि एसएसपी खनाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, नेपाल होटल व्यावसायी महासंघका केन्द्रीय सदस्यद्धय महेन्द्र प्रधान, रविन गौतम, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, होटल व्यावसायी महासंघका पूर्वाञ्चल संयोजक मणिन्द्र कटवाल, आदिबासी जनजाति महासंघ नगरका अध्यक्ष कर्ण तुमलगायत अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । उद्घाटन समारोहअघि विभिन्न जनजातिको साँस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।


होटल एशोसिएशन अफ धरानले आयोजना गरेको सडक उत्सव आइतबारसम्म जारी रहनेछ । यो बर्ष उत्सव धरान ९, पुतलीलाइन सडकखण्डमा आयोजना भएको छ । विगत दुई बर्षदेखि आयोजना हुन नसकेको सडक उत्सवमा आन्तरिक एवं बाह्य पर्यटकलाई धरान भित्र्याउने उद्देश्य आयोजना गरिएको संयोजक सरोज भटराईले बताए । उनका अनुसार उत्सवस्थलमा सय भन्दा बढी व्यापारीक, चेतनामुलक, उत्पदानमुलक, खेलकुद एवं पर्यटन प्रर्वद्धनात्मक स्टलहरु रहेका छन् । ती मध्ये १० वटा आदिबासी जनजाति महासंघलाई निःशुलक उपलब्ध गराइएको र त्यहाँ विभिन्न जनजातिहरुको सँस्कृतिक एवं खानाका परिकारहरु राखिएको उनले बताए ।
तीन दिनअवधिमा वेटर दौड प्रतियोगिता, मःम खाने प्रतियोगिता, नेपाली वाइन पिउने प्रतियोगिता, केक खाने प्रतियोगिता, दुध पिउने प्रतियोगिता, डोरी तान प्रतियोगिता, कोरियन खाना खाने, जातीय खाना खाने प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्म्क एवं पर्यटन प्रर्वद्धन हुने कार्यक्रमहरु हुने एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए । उत्सव अवधिमा धरानका होटलमा खानाको परिकारमा १० प्रतिशत र लजमा १५ प्रतिशत छुट पनि दिइने उनले बताए ।





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे