माविस्तरीय फुटबलमा नवोदय च्याम्पियन


धरान । प्रथम जिल्लाव्यापी माविस्तरीय फुटबल प्रतियोगिता ०७० मा धरान १६ को नवोदय उच्चमावि च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा तरहराको हिमशिखर बोर्डिङ स्कुललाई २–१ को झिनो गोलअन्तरले हराउदै नवोदय च्याम्पियन बनेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अनिष बस्नेत र ऋतिक भटराईले गोल गर्दै नवोदयलाई उपािध दिलाए । पहिलो हाफमा १–० ले पछि परेको स्थितलाई उल्टाउदै अनिष र ऋतिकले दोस्रो हाफमा गोल गरेका थिए । अनिषले दोस्रो हाफको ५ मिनेट र ऋतिकले २८ औं मिनेटमा गोल गर्दै हिमशिखरलाई निराश बनाए । खेलमा गोलको अग्रता भने हिमशिखरले लिएको थियो । पहिलो हाफको ३० औं मिनेटमा गगन अधिकारीले फ्रिकिक प्रहारबाट दर्शनीय गोल गरेपनि जितको लागि त्यो पर्याप्त भएन ।
विजेता नवोदयले ट्रफीसहित नगद १० हजार थाप्यो भने उपविजेता हिमशिखरले नगद ७ हजार र उपविजेटा ट्रफीमै चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच नवोदयका ऋतिक भटराई घोषित भए । यसैगरी, प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुदै सेन्ट जोसेफ बोर्डिङ स्कुलका स्वदिप लिम्बूले नगद २ हजार र ट््रफी हात पारे भने प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका हिमशिखरका रोशन राईले पनि नगद २ हजार र ट्रफी पाए । नगद ४ हजार र ट्रफी रहेको फेयर प्लेको पुरस्कार धरान १८ स्थित माउण्ट हार्मोन एकेडेमीले हात पार्यो ।
विजेता टिमका खेलाडीहरुलाई आयोजक नेपाल विद्यालय फुटबल संघका जिल्ला अध्यक्ष सुदेश सुब्बा, प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किसोर राई, बिशेष अतिथि एवं डिएसपी सञ्जयसिंह थापा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसोरकुमार कार्की, प्याब्सन जिल्ला अध्यक्ष नरबहादुर थापा, धरान फुटबल क्लबका महासचिव प्रताप तामाङलगायतले पुरस्कार एवं ट्रफी प्रदान गरेका थिए । माघ १५ गतेदेखि शुरु भएको प्रतियोगितामा सुनसरीका विभिन्न १३ वटा विद्यालयहरु सहभागी थिए । फाइनल खेलअघि आयोजक र नेपाल पत्रकार महासंघको टिमबीच भएको मैत्रीपुर्ण खेलमा पत्रकारले ५–३ गोलअन्तरले विजयी भएको थियो ।




























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे