मर्मत गर्न ल्याइएको मोवाइल चोर्ने पक्राउ


धरान । एक साताअघि धरान ७ स्थित मोवाइल प्वाइन्ट नामको मोवाइल मर्मत केन्द्रबाट चोरी भएको सामानसहित प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न धरान ९ का १७ बर्षीय विजय खत्री, धरान ३ का १८ बर्षीय बिवेक तामाङ र २५ बर्षीय एलन प्रधानलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक सय ८० थान नोरोजैसिक, एभिल र डाइजिपाम नामको लागुऔषध पनि वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । प्रहरीले बुधबार वरामद सामानसहित तीन जनालाई सार्वजनिक गरेको थियो ।
डिएसपी सञ्जयसिंह थापाका अनुसार धरान ७ राममन्दिर नजिकै रहेको मोवाइल मर्मत केन्द्रबाट माघ १५ गते करिब साढे एघार बजे चोरी भएको थियो । घटनाबारे सञ्चालक सहिद अनवरले बिहान प्रहरीलाई जानकारी दिएको थियो । खोजी तीब्र पारेको प्रहरीले धरान ९ स्थित कमला कार्कीको घरमा डेरा गरि बसेका विजय खत्रीको कोठाबाट दुई दिनअघि(माघ २० गते) सामान चोरीको सामान फेला पारेको डिएसपी थापाले बताए । ‘लागुऔषध पनि वरामद भएकोले उनीहरुलाई चोरी र लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अघि बढाउछौं’–डिएसपी थापाले भने ।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार खत्री यसअघि पनि चोरीको घटनामा कारबाहीमा परिसकेका छन् । समातिएका दुई जना उनका सहयोगी हुन् । उनीहरुको साथबाट विभिन्न कम्पनी र मोडलका मर्मत गर्न ल्याइएको एक सय ५० थान मोवाइल सेट, एक्सटर्नल हार्डडिस्क, सामसुङको एकथान एलसिडी, मोवाइल ब्याट्री २३ थानसहित लागुऔषध पनि वरामद भएको प्रहरीले सार्वजनिक गरेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे