रोयल इन्फिल्डर्सलाई रस्सितानको खसी(फोटोफिचर)
धरान । तीन दिने दशौं धरान सडक उत्सव ०७० को क्रममा आइतबार आयोजित रस्सितान प्रतियोगितामा रोयल इष्र्टन इन्फिल्डर्स विजेता बनेको छ । उत्सवको अन्तिम दन आयोजित प्रतियोगितामा प्रथम हुदै रोयल इन्फिल्डर्सले पुरस्कार स्वरुप २८ किलोग्राम बराबारको खसी जित्यो ।
प्रतियोगिताको फाइनलमा रोयल इन्फिल्डर्सले अञ्चल सशस्त्र प्रहरी गुल्म, कोशी अञ्चल प्रहरी धरानको टिमलाई हराएको थियो । वेष्ट अफ थ्रिको आधारमा खेलाइएको प्रतियोगितामा उपविजेता टिम अञ्चल सशस्त्र प्रहरीले ८ किलोग्राम बराबारको दुइटा भाले पायो । प्रतियोगितामा रायेल इष्र्टन, अञ्चल सशस्त्र प्रहरी गुल्म, नेपाल यातायात मजदुर संघ र सशस्त्र प्रहरी वल, बेसक्याम्प धरान सहभागी भएको थियो । यसैगरि, उत्सवअवधिभर वेटर दौड प्रतियोगिता, मःम खाने प्रतियोगिता, नेपाली वाइन पिउने प्रतियोगिता, दुध पिउने प्रतियोगिता, कोरियन खाना खाने लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको आयोजना भएको पूर्वअध्यक्ष महेन्द्र प्रधानले जानकारी दिए ।
सडक उत्सव सकियो,
‘घुम्न जाउँ धरान’ भन्ने नारासहित आयोजना भएको दशौं धरान सडक उत्सव ०७० आइतबार सकिएको छ । तीन दिने सडक उत्सवमा करिब डेढ करोडको कारोबार भएको छ भने करिब दुई लाखले अवलोकन गरेको आयोजक होटल एशोसिएशन अफ धरानले जनाएको छ ।
उत्सवको स्टलमा विविधता र दुई बर्ष पछि मात्रै आयोजना भएकोले पनि सर्वसाधारणहरुले निक्कै चासोका साथ उत्सवमा सहभागीता जनाएको संयोजक सरोज भटराईले बताए । उनका अनुसार करोबार बढेपछि शुरुमा विरोध जनाउने स्थानीय एवं व्यवसायीहरुले नै दुई दिन थप गर्न आयोजकसँग अनुरोध गरेका थिए । ‘हामीले सोचेभन्दा सफल भयो, तीन दिनमा डेढ करोडको कारोबार भएको अनुमान गरेका छौं’–संयोजक भटराईले भने–‘मान्छेको घुइचोले उत्सवस्थल निक्कै साघुरो भएको महशुस भएको छ ।’
आयोजकका अनुसार विगतका सडक उत्सवमा बढी खानाको परिकारका स्टलहरु मात्रै राखिने गरिएको थियो । यसपटक भने खानाको स्टलसँगै सस्तो बजार, विभिन्न जातीय संघसंस्थाको साँस्कृतिक परिकारयुक्त स्टल, चित्रकला, फोटो प्रर्दशनी, माउण्टेन बाइक स्टल, र्याफ्टिङ, प्याराग्लाइडिङ, हाइकिङ, ट्राभल एजेन्सी, फेन्सी सपलगायतको पनि स्टल भएकोले सर्वसाधारणहरुले उत्साहका साथ अवलोकन गरेको आयोजकको भनाई छ । धरानबाहिर अन्य जिल्लाबाट पनि पर्यटन प्रर्वद्धनका स्टल राखिएको थियो । ‘स्टलको विविधिताले गर्दा पनि सबैले चासो दिए, यही आएर किनमेल गरे’–संयोजक भटराईले भने–‘स्टलबोहकको स्थानीय व्यापार पनि बढेरै होला, दुई दिन थप्न भनेका छन्, तर सम्भव भएन ।’

Comments
Post a Comment