कोशी पूजालाई राष्ट्रिय पर्वको घोषणा गर्न माग


धरान । सीमान्तकृत समुदायकोरुपमा रहेको माझी जातिहरुले मान्दै आएको चाड कोशी पूजालाई राष्ट्रिय पर्वकोरुपमा मान्यता दिएर सार्वजनिक विदा घोषणा गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
सुनसरीमा भव्यरुपमा कोशी पूजा मनाउने तयारीमा जुटेका माझी समुदायले शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आफ्नो चाडलाई राष्ट्रिय पर्वको मान्यता दिन र सार्वजनिक विदा दिन पनि माग गरेका हुन् । नेपाल माझी उत्थान संघ, सुनसरीका अध्यक्ष तीर्थराज माझीले सीमान्तकृत जातिकोरुपमा रहेको माझीहरुको पर्वलाई सम्मान गर्दै राष्ट्रिय पर्वको मान्यता दिन र सार्वजनिक विदाको घोषणा गर्न सरकारलाई आह्वान गरे । ‘गणतन्त्रात्मक नेपालमा सबैको समान अधिकार र हैसियत हुनुपर्छ भन्ने मान्यताअनुरुप हामीले हाम्रो महान् चाड कोशी पूजालाई राष्ट्रिय पर्वको मान्यता दिन र सार्वजनिक विदाको माग गरेका हौं’–अध्यक्ष माझीले भने–‘माझी समुदायको पहिचान स्थापित गराउनु राज्यको पनि दायित्व हो, कसैलाई काखा र कसैलाई पाखा गराउनु हुदैन ।’


अन्य आदिबासी जनजाति एवं समुदायको मौलिक चाडलाई राष्ट्रिय पर्वकोरुपमा मान्यता दिइएको र सार्वजनिक विदासमेत दिइसकेको भन्दै दोस्रो संविधानसभाले सिमान्तकृत समुदायको भावना तथा आवाजलाई पनि सम्मान गरिनुपर्नेमा उनले जोडदिए । माझी जातिले प्रत्येक बर्ष फागुन महिनाको तेस्रो साताको मंगलबारको दिनलाई कोशी पूजाकोरुपमा मनाउदै आएका छन् । माझीहरुका अनुसार आदिकालदेखि नै शक्ति स्वरुपेणी जलदेवी, सेतीदेवीको आराधाना गरी कोशी नदीहरुमा रागा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिइने गरिन्छ । ‘देश तथा देशबासीमा कुनै आपतविपत नहोस्, सुखशान्ति, सम्मृद्धि एवं अमन चैन कायम रहोस भनेर कोशी पूजा गछौं’–अध्यक्ष माझीले भने । सुनसरीका माझाी समुदायले भने यो बर्ष फागुन १८, १९ र २० गते घरघरमा दिपावली गर्ने र २० गते सप्तकोशी महारानीको कोशी पूजा गर्नुका साथै विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने संघले जनाएको छ ।
नेपालमा ६८ जिल्लामा छरिएर रहेका माझीहरुको जनसंख्या ८३ हजार ७ सय २७ रहेको जनगणना ०७० ले देखाएको थियो । सुनसरीको महेन्द्रनगर(चक्रघटी) माझी जातिको मुख्य थलो हो । सिन्धुली जिल्लामा सबैभन्दा बढी करिब ९ हजारको हाराहारीमा माझी समुदायको बसोबास छ भने सुनसरीमा ६ हजारको हाराहारीमा जनसंख्या रहेको उत्थान संघले जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे