सुच्चा राई कल्याणकारी समाजद्धारा रक्तदान


धरान । अस्पतालमा भइरहेको रगत अभाव पूर्ति गर्ने उद्देश्यले सुच्चा राई कल्याणकारी समाजले शनिबार धरानमा रक्तदान कार्यक्रम आयोजना गर्यो । समाजले आफ्नो १४ औं स्थापना दिवसको अवसर पारेर धरानमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको समाजका केन्द्रीय सचिव विनोद सुच्चा राईले जानकारी दिए । रक्तदान कार्यक्रम समाजको केन्द्रीय कार्यसमिति र सुनसरी जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भएको हो ।
रक्तदान कार्यक्रम केन्द्रीय अध्यक्ष ओमकुमार सुच्चा राईको अध्यक्षतामा भएको थियो । धरानकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभावमा विरामीहरुलाई समस्या हुने गरेकोले राहत दिलाउन रक्तदान गरिएको संयोजक प्रदिप सुच्चा राईले बताए । रक्तदान कार्यक्रममा बीपी प्रतिष्ठानस्थित रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रका प्राविधिकहरुले सहयोग गरेका थिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे