नेमिता बनिन् पाँचौ मिस पूर्वाञ्चल(फोटोफिचर)
धरान । राजघाट ८, मोरङकी २० बर्षीय नेमिता आङबुहाङ लिम्बूले पाँचौं नेपाल आइस मिस पूर्वाञ्चल २०१४ को उपाधि जितेकी छिन् । सोमबार राती धरान सभागृहमा अबेर राती सम्पन्न प्रतियोगिताको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् ।
प्रतियोगिताका मुख्य निर्णायक रहेका चौधरी ग्रुपका सिनियर जेनरल मेनेजर ए.के.द्धिवेदीले सोधेको प्रश्नको अन्य प्रतिस्पर्धीभन्दा फरक एवं उत्कृष्ट जवाफ दिएपछि उनी ताजको हकदार बनिन् । निर्णायक चौधरीले ‘नेपालको प्रतिनिधित्व गर्दै मित्रता गाँस्ने अवसर पाउनु भयो भने कुन देशसँग मित्रता गाँस्नु हुन्छ र किन ?’ भन्ने प्रश्न सोधेका थिए । यसको जवाफमा नेमिताले भनेकी थिइन्–‘मेरो लागि सबै राष्ट्र मित्र हुन्, मित्र राष्ट्रलाई सम्मान गर्छु । यस्तो मौका पाउनु राम्रो भएपनि म मित्रता गाँस्नु भन्दा आफ्नै मुलुकलाई सवल र सशक्त बनाउन तर्फ लाग्नेछु । यहाँका युवा, महिलालाई सशक्तिकरण गदैै राष्ट्रको विकासमा सहभागी गराउनेछु, अरुमा भर पर्नुहुदैन । हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

प्रतियोगितामा धरान ११ की १८ बर्षीय तेजिञ्ङ तामाङ फष्ट रनरअप हुदै नगद ३० हजार हात पारिन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ दोस्रो बर्षकी छात्रा तेञ्जिङले मिस पर्सनालिटीको टाइटल पनि जितिन् । यस्तै, धरान ११ की निलम थापाले सेकेण्ड रनरअपको उपाधिसँगै नगद २० हजार थापिन् । धरान मोडेल कलेजमा बि.ए.प्रथम बर्षमा अध्ययनरत उनले मिस ट्यालेण्डको टाइटल पनि जितिन् । विजेतालाई अघिल्लो सँस्करणका विजेता क्रमश ःमिस पूर्वाञ्चल नेहा बजाज, एलिसा श्रेष्ठ र बर्षा राईले ताज पहिराइदिएका थिए ।
प्रतियोगितामा मिस वेष्ट वाकको टाइटल मेलिना रुम्बा तामाङले जितिन् भने मिस चार्मिकङको टाइटल सञ्जिता राई र मिस फोटोजेनिकको टाइटल माला सिंगक लिम्बूले जितिन् । टाइटल विजेताहरुले जनही नगद ५ हजार पाएका थिए । सिल्भर इन्टरनेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनलमा १५ जना सहभागीमध्येबाट निर्णायकहरुले क्रमशः टप १० र टप ५ चयन गरेका थिए । टप ५ मा नेमिता, तेञ्जिङ, निलमसँगै अनिषा तामाङ र सोनी राई पनि परेकी थिइन् ।
......
तीन इभेन्ट थप गरिने

क्रिएटिभ डाइरेक्टर राजेन्द्र रिमालका अनुसार १२ बर्षसम्मको उमेर समुहको लागि किड पूर्वाञ्चल, १३ बर्षदेखि १९ बर्षसम्मका किसोरीहरुको लागि टिन पूर्वाञ्चल आयोजना गरिनेछ भने विवाहित युवती एवं महिलाहरुको लागि मिसेस पूर्वाञ्चल आयोजना गरिनेछ । ‘दोस्रो बर्षदेखि नै हामीलाई अरु उमेर समुहको लागि पनि इभेन्ट आयोजना गर्न प्रेसर भइरहेको थियो, अब भने परिपक्क भयौं भन्ने लागेर थप कार्यक्रम गर्ने घोषणा गरिएको हो’–रिमालले भने–‘समय तालिका मिलाएर यही बर्ष नै यी कार्यक्रम गर्न गृहकार्य शुरु गछौं ।’
......................
नाम्जेको आत्माघर पूर्ननिर्माण गरिने

त्यसैबेला प्रतियोगीहरुले मिस पूर्वाञ्चलका विजेताको नेतृत्वमा सिसा पूर्ननिर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । सामाजिक काममा सहभागी गराउदै पर्यटन प्रर्वद्धन पनि गर्ने उद्देश्यले अभियान थालिने क्रिएटिभ डाइरेक्टर रिमालको भनाई छ । ‘आत्मघरको सिसा बनाइदिन्छौं, त्यसको लागि मिस पूर्वाञ्चलको नेतृत्वमा काम अघि बढ्नेछ’–उनले भने । सामाजिक उत्तरदायित्व अन्र्तगत मिस पूर्वाञ्चलको फाइनलमा फिस्टुला फ्रि नेपालका अभियन्ता एवं बीपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानका चिकित्सक डा.मोहनचन्द्र रेग्मीलाई नगद १० हजार सहयोग हस्तान्तरण गरिएको थियो ।
Comments
Post a Comment