पूर्वाञ्चल स्टार-२ मा ४० छानिए


धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले शुरु भएको पूर्वाञ्चल स्टार–२ को तेस्रो चरणको अडिशनबाट ४० जना प्रतियोगिहरु छनौट भएका छन् ।
धरान ९, आचार्यलाइनस्थित सुनसरी गीत गजल तथा लोकदोहोरी साँझको हलमा शनिबार आयोजित अडिशनबाट ४० प्रतियोगिहरु अर्को चरणको लागि छनौट भएका हुन् । तेस्रो चरणमा विभिन्न जिल्लाका ६८ जना प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले रोजाईका गीत प्रस्तुत गरेका थिए । अडिशनमा चर्चित गायक ए.पि.शेर्पा र किसोर थुलुङ निर्णायककोरुपमा रहेका थिए ।


टप ४० मा छनौट भएका प्रतियोगीहरु फागुन ७ गते चौथो चरणको अडिशनमा सहभागी हुने कार्यक्रम संयोजक तथा गायक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार चौथो चरणबाट टप २५ प्रतियोगीहरु छनौट हुनेछन् भने त्यसपछि क्रमशः टप २०, टप १५ हुदै फाइनलको लागि उत्कृष्ट १० प्रतियोगीहरु छनौट गरिनेछ । ‘टप २५ पछि निर्णायक र एसएमएस भोटिङको आधारमा निर्णय हुनेछ’–संयोजक राईले भने । पूर्वाञ्चल बगिना कलाकेन्द्रले आयोजना गरेको पूर्वाञ्चल स्टारको फाइनल धरानको सभागृहमा हुनेछ ।
युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर शुरु गायन प्रतियोगिताको अडिशन माघ ३ गते संखुवासभा जिल्लाबाट शुरु भएको थियो । त्यसपछि, क्रमश ः तेह्रथुम, धनकुटा, भोजपुर, पाँचथर, इलाम, झापा, मोरङ, उदपयपुर, सुनसरीलगयत १० जिल्लामा भएको अडिशनबाट डेढ सय प्रतियोगीहरु छनौट भएका थिए । दोस्रो चरणको अडिशनबाट ६८ जना मात्रै प्रतियोगिताहरु तेस्रो चरणको लागि छनौट भएका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार पाउनेछन् । यसबाहेक उपाधि ट्रफीसँगै २ वटा गीत रेकर्ड, एउटा गीतको म्युजिक भिडियो र एक बर्ष निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् । यस्तै, दोस्रो हुनेले नगद २५ हजारसहित एउटा गीत रेकर्ड र ६ महिना निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् भने तेस्रो हुने प्रतियोगीले नगद १५ हजारसहित एउटा गीत रेकर्ड र ३ महिना निशुल्क संगीत प्रशिक्षण पाउने संयोजक राईले जानकारी दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे