आगोले खायो विदेशको कमाई, श्रीटोल धन्न जोगियो !
सोमबार साँझको खाना खाइसकेर विष्णु मुढामा मात्रै के बसेका थिए । घरको पूजा कोठामा धुवाको मुश्लो निस्कियो । कोठाभित्र आगलागी भएको रहेछ । दनदनी बलेको आगो छरछिमेक मिलेर त निभाए, तर छोरालाई विदेश पठाउन साचेर राखेको पैसा खरानी भयो । ‘वहराइनबाट फर्कदा ल्याएको पैसा सकिहालिन्छ भनेर लुकाएर राखेको थिए, छोरालाई बाहिर पठाउदा खर्च गरौंला भनेको थिएँ, तर सबै जल्यो’–पीडित श्रेष्ठले भने । उनको जेठा छोरा विवेक भने विदेश जाने तयारीको लागि पासपोर्ट बोकेर काठमाण्डौंमा छन् ।
आगोले श्रैष्ठ परिवारको पूजा कोठाको धनमाल जलाएर नष्ट गरेपनि स्थानीय मिलेर निभाउन सफल भएकोले ठुलो क्षति हुनबाट भने श्रीटोल बस्ती जोगिएको छ । श्रेष्ठको घरसँगै लहरै आधा दर्जन बढी घरहरु छ । आगोले ठुलो रुप लिएको भए ती घरहरुलाई पनि क्षति पुग्ने थियो । आगलागी के कारणबाट भएको भनेर यकिन भइसकेको छैन । साँझ पूजा गर्न धुपबत्ति नबालिएकोले विद्युत सर्ट भएर हुनसक्ने अनुमान गरिएको छ ।
Comments
Post a Comment