मेन्याङ्बो कल्याणकारी संघमा नयाँ कार्यसमिति


धरान । मेन्याङ्बो कल्याणकारी संघ नेपालको शनिबार धरानमा सम्पन्न ९ औं महाधिवेशनले ललित मेन्याङ्बोको अध्यक्षतामा २५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
नया कार्यसमितिको दुइ उपाध्यक्षमा रमेश मेन्याङ्बो, विराटनगरका मनोज मेन्याङ्बो, महासचिवमा सुरेन्द्र मेन्याङ्बो, सचिवमा सुक्रराज मेन्याङ्बो, कोषाध्यक्षमा मोती मेन्याङ्बो र  सहकोषाध्यक्षमा छत्र मेन्याङ्बोलाई चयन गरेको छ ।
संघको सदस्यहरुमा हिमलाल, दीपक, रामबहादुर, निरप्रसाद, श्रीमती विनिता, श्रीमती कल्पना, श्रीमती सुनिता, श्रीमती शान्ता, श्रीमती तारा, अनिल, डम्बरबहादुर, ङामुकहाङ, यामवहादुर, धनवहादुर, इन्द्रबहादुर, गणेशवहादुर रहेका छन् । मेन्याङ्बो कल्याणकारी संघ नेपालको शनिबार धरानमा सम्पन्न ९ औं महाधिवेशनको अवसरमा १०६ बर्षीया वृद्धा श्रीमती फूलमाया मेन्याङ्बो हेम्व्या सहित ८३ बर्ष माथिका जेष्ठ नागरिकहरु अभिनन्दित भएका छन् ।
उक्त अवसरमा ९६ बर्षीया श्रीमती दिलमाया मेन्याङ्बो काम्वाङ, ९४ बर्षीया श्रीमती मनरानी मेन्याङ्बो मादेन ९३ बर्षीया सेरवहादुर मेन्याङ्बो, ९० बर्षीय जयरुप मेन्याङ्बो, ८८ बर्षीय दिलबहादुर मेन्याङ्बोलाई पनि अभिनन्दन गरिएको थियो । नेपाल र विदेशमा रहेका मेन्याङ्बो बंशको साझा संस्था कल्याणकारी संघले उक्त अवसरमा ८६ बर्षीय जगत मेन्याङ्बो ८५ बर्षीय असारीमाया मेन्याङ्बो पालुङ्वा ८५ बर्षीय दिल प्रसाद मेन्याङ्बो ८४ बर्षीय नरवहादुर मेन्याङ्बो ८४ बर्षीय सेरवहादुर मेन्याङ्बो, ८३ बर्षीय महमलाल मेन्याङ्बो, लालवीर मेन्याङ्बोलाई पनि अभिनन्दन गरिएको थियो । उनीहरुलाई पुर्व धरान नगरप्रमुख समेत रहेका प्रमुख अतिथि मनोजकुमार मेन्याङ्बोले दोसल्ला र अभिनन्दन पत्रले सम्मान गरेका थिए ।
अढाइदशक अघि स्थापित कल्याणकारी संघले धरान–१५ वगरकोटमा रहेको ३५ धुर जग्गामा बहुउदेशीय कार्यालय भवन निर्माणका लागि १ करोड दुइ लाख रुपैया संकलन भइरहेको अध्यक्ष ललित बहादुर मेन्याङ्बोले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे