८ के रनमा वैकुण्ठ मानन्धर आउने


धरान । ‘स्वस्थ्य शरीर, स्वच्छ धरान’ भन्ने नाराका साथ तीन दिनपछि आयोजना हुन लागेको दोस्रो खुल्ला नेवा च्यारिटी ८ के रन(दौड) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजनकले जनाएको छ । प्रतियोगिताको आयोजक धरान रनले बुधबार पत्रकार सम्मेलन गरेर दौडमा राष्ट्रिय धावकहरुसहित देशैभरिबाट ९ सयको संख्यामा सहभागी हुने जानकारी गराएको छ ।
दौड प्रतियोगिता नेपालका चर्चित धावक वैकुण्ड मानन्धरको प्रमुख आतिथ्यमा हुने नेवा च्यारिटी तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिए । ‘सम्पुर्ण तयारी पुरा भइसकेको छ, स्वयमसेवक परिचालन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत सबैको व्यावस्थापन भइसकेको छ’–उनले भने । प्रतियोगिता फागुन १० गते शनिबार बिहान आयोजना हुनेछ । उनका अनुसार बुधबारसम्ममा ८ सय ७० जनाले भाग लिन फारम बुझाइसकेका छन् ।
दौड प्रतियोगिताबाट खर्च बचाएर कुलतबाट छुटकारा चाहने युवती(महिला)हरुलाई सहयोग गर्दै आएको दृष्टि नेपालको धरानस्थित शाखा कार्यालयलाई सहयोग गर्ने लक्ष्य राखिएको आयोकजले जनाएको छ । गत बर्ष भएको पहिलो सँस्करणमा धरान रनले अशक्त भएर पनि साहित्य सृर्जना गरिरहेकी पाँचकन्या गाविसकी लक्ष्मी राईलाई सहयोग गरेको थियो । स्वास्थ्य रहन दौडनुपर्छ भन्ने सन्देश मुलुकभरि पुर्याउनु एवं राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका धावक उत्पादन गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको संस्थापक अध्यक्ष राईले बताए ।

दौडका महिला र पुरुषतर्फका विजेताले प्रथम पुरस्कार ३० हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने धावकले क्रमश ः २० र १० हजार नगद पुरस्कार पाउनेछन् । यसैगरि, १६ बर्ष मुनिका उमेर समुहमा पहिला, दोस्रो र तेस्रो हुनेलाई पनि क्रमश ः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार दिइने धरान रनले जनाएको छ । प्रतियोगितामा सहभागी ४० बर्षका माथिका उमेर समुहका(भेट्रान) धावकलाई भने मेडल पुरस्कार दिइन बताइएको छ । ‘स्वास्थ्य रहन दौडनुपर्छ भन्ने सन्देश दिनेछ, दौडको महत्व बुझाउनेछ ’–धरान रनका अध्यक्ष मनिष तामाङले भने ।
भानुचौकबाट बिहान ठिक साढे ७ बजे शुरु हुने दौड विभिन्न चोक हुदै, विजयपुर डाँडाबाट पुरानो बजार हुदै पुनः भानुचौकमा आएर टुंगिनेछ । दौडको दुरी ८ किलोमिटर रहेको आयोजक संस्थाले जनाएको छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे